गाैरा स्टिलटेक इन्डस्ट्रीको वार्षिकोत्सवमा जानुका विकको घर निर्माणका लागी आर्थिक सहयोग

पुष, १४, २०७७ – धरान ११ मंगलबारे स्थित गाैरा स्टिलटेक इन्डस्ट्रीको पहिलो वार्षिकोत्सवको अवसरमा जानुकामाया विश्वकर्माको घर निर्माणका लागी आर्थिक सहयोग गरीएको छ ।

धरान १७ विजुवा मार्ग निवासी एकल महिला विश्वकर्माको घरको लागी ३५ सय ५० रूपैँया प्रदान गरीएको इन्डस्ट्रीका संचालक दिपक बान्तवाले जानकारी गराए । उनले घर निर्माण भइरहेको स्थलमा नै पुगेर सहयोग गरेका हुन । ‘गाैरा स्टिलटेक इन्डस्ट्रीको वार्षिकोत्सव पुष ११ गते हो । त्यस दिन इन्डस्ट्रीको सबै कर्मचारीहरूका साथ वनभोज आयोजना गरीएको थियो ।’ उनले भने, ‘वार्षिकोत्सवको अवसरमा धरानमा विकको घर निर्माणका भइरहेको जानकारी पाएपछी वार्षिकोत्सवको अवसर नै पारेर सहयोग गरीएको हो ।’ व्यवसाय संगै वार्षिकोत्सवको अवसर पारेर निरन्तर रूपमा सामाजिक कार्य गर्ने थालनी गरीएको संचालक बान्तवाले बताए ।

इन्डस्ट्रीमा रेस्टुरेन्ट, फास्ट फुड क्याफे, होटल म्यानेजमेन्ट कलेज, ब्याङ्क्विट र पार्टी प्यालेस लगायतको किचनका लागी चाहिने सामग्री बनाइने संचालक बान्तवाले बताए । ‘किचनमा आवश्यक पर्ने बर्नर रेन्ज, स्टिलको टेबल, र्याक, डेरीको लागी चाहिने चिलिङ भ्याट, स्टिलको बिबिक्यु स्ट्यान्ड स्टिलको रेलिङ, गेट साथमा एलपिजी ग्यास पाइप लाईन समेत तयार हुन्छ । यसका साथै इन्डस्ट्रीबाट व्यवसायिक किचनको डिजाइन र लेआउटका लागी समेत काम हुन्छ’ उनले बताए ।

धरानका केहि पत्रकार समुहले विकको घर निर्माण अभियान सहित अघिल्लो वर्ष देउसी खेलेर उठेको रकमले जानुका विकको घर निर्माण कार्यको थालनि गरेको छ । घरमा नै चटपटे बेचेर गुजारा गर्दै आइरहेको विक टिनले बारेको र माटोले लिपेर बनाएको सानो छाप्रोमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छिन । उनको श्रीमान नौ वर्ष अघि क्यान्सरको कारण मृत्यु भएको थियो । विकको नाममा रहेको १० धुर जग्गामा घर निर्माण भइरहेको छ । विकको सहयोगका लागी लक्ष्मी बैंक धरान शाखामा रहेको जानुकामाया विश्वकर्माको खाता नं. ०२३२३०६२०७५ मा सहयोग गर्न सकिने वा सिधै धरान १७ विजुवा मार्गमा गएर प्रत्यक्ष भेट गरी सहयोग गर्न सकिनेछ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.