धरान आदर्श विद्यालयले ११ जना फुटबल खेलाडीलाई छात्रावृत्ती प्रदान

आश्विन ०७, २०७७ – धरान १ स्थित लक्ष्मी सडमा रहेको धरान आदर्श माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना हुन आउने ११ जना फुटबल खेलाडी विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । भर्खरै पिन यस विद्यालयले ६ जना बास्केटबल खेलाडीलाइ छात्रावृती प्रदान गरिसकेकाे छ ।

छात्रावृत्ती पाउनेमा सागर श्रेष्ठ, सुदिप चाैधरी, दिपेश चाैधरी, एवन राई, मिलन राई, अजय चाैधरी, कुमार बस्नेत, सविन पोर्तेल, रोहन राई, एविन राई र सक्सेस राई रहेको विद्यालयका एड्मिस्ट्रेटिभ डाइरेक्टर लोकेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

उनिहरुलाई छात्रवृत्ती अन्तर्गत ५० प्रतिशत छुट प्रदान गरीएको विद्यालयका एकेडेमिक डाइरेक्टर मोहन पोखरेलले बताएका छन् । उनका अनुसार धरान आदर्शले फुटबल खेलाडी विद्यार्थीलाई जर्सी र फुटबल समेत प्रदान गरेको छ । धरानमा विगत ८ वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको धरान आदर्श माध्यमिक विद्यालय धरानमा नै सबै भन्दा धेरै संकाय सञ्चालन गर्ने विद्यालय हो ।

धरान आदर्शमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, एजुकेशन, ह्युम्यानिटिज, सोसल साइन्सेज र कम्प्युटर साइन्स संकायको पठनपाठन हुदै आएको विद्यालयका एड्मिस्ट्रेटिभ डाइरेक्टर श्रेष्ठले बताएका छन् ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.