धरान आदर्शद्वारा ६ जना महिला बास्केटबल खेलाडीलाई छात्रावृत्ती प्रदान, अन्य खेललाइ पनि छात्रावृती प्रदान गरिने

आश्विन ०६, २०७७ – धरान १ स्थित लक्ष्मी सडकमा रहेकाे धरान आदर्श माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना हुन आउने ६ जना बास्केटबल खेलाडी विद्यार्थीलाई छात्रावृत्ती प्रदान गरेको छ । छात्रावृती पाउने ६ जना विद्यार्थीहरूमा आशा लामा, मलिका राई, स्नेहा राई, निरुता राई, रोजिना राई र समिक्षा राई रहेको विद्यालयका एड्मिस्ट्रेटिभ डाइरेक्टर लाेकेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

उनिहरुलाई छात्रवृत्ती अन्तर्गत ७५ प्रतिशत छुट प्रदान गरीएको विद्यालयका डाइरेक्टर मोहन श्रेष्ठले जनाएका छन् । उनका अनुसार धरान आदर्शले बास्केटबल खेलाडी विद्यार्थीलाई जर्सी र बास्केटबल समेत प्रदान गरेको छ । धरान आदर्शले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विषेश स्थान दिएको हुनाले खेलकुद देखि विभिन्न क्रियाकलापमा आवद्ध विद्यार्थीहरुलाई छात्रावृती दिइदै आएको छ । एड्मिस्ट्रेटर डाइरेक्टरको अनुसार विद्यालयले अतिरिक्त क्रियाकलापको शिर्षकमा सिमित कोटा छुट्याइएको हुन्छ उक्त कोटा अन्तर्गत खेलकुद क्षेत्रको विद्यार्थीलाई छात्रावृती प्रदान गरिएको हो । अहिले भर्नाको समय चलिरहेको छ भर्ना पछि मात्र कुन खेलमा कति विद्यार्थीले छात्रावृती पाए भन्ने डाटा खुल्ने उनले बताए ।

धरानमा विगत ८ वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको धरान आदर्श माध्यमिक विद्यालय धरानमा नै सबै भन्दा धेरै संकाय सञ्चालन गर्ने विद्यालय हो । धरान आदर्शमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, एजुकेशन, ह्युम्यानिटिज, सोसल साइन्सेज र कम्प्युटर साइन्स संकायको पठनपाठन हुदै आएको विद्यालयका एड्मिस्ट्रेटिभ डाइरेक्टर श्रेष्ठले बताएका छन् ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.