उत्कृष्ट विद्यार्थीहरूको रोजाइमा धरान आदर्श

भाद्र ३१, २०७७ – धरान १ मा रहेको धरान आदर्श माध्यमिक विद्यालयले कक्षा ११ को लागी यहि भदाै २८ गते आइतबार दोश्रो चरणको प्रवेश परिक्षा सम्पन्न गरेको छ ।

कलेजमा नै भएको दोश्रो चरणकाे प्रवेश परिक्षामा १ सय २३ जनाले सहभागीता जनाएको विद्यालयका एकेडेमिक डाइरेक्टर मोहन पोखरेलले जानकारी दिएका छन् । उनले यसअघि पहिलो चरणको प्रवेश परीक्षा भदाै १९ गते शुक्रबार सम्पन्न भइसकेको समेत बताएका छन् । पहिलो चरणमा २ सय ५१ जना विद्यार्थीहरूले सहभागिता जनाएको समेत जानकारी दिइएको छ ।

विद्यालयमा तेस्रो चरणकाे प्रवेश परीक्षा भोलि भदाै ३१ गते बुधबार बिहान ११ बजे हुने विद्यालयका एड्मिस्ट्रेटिभ डाइरेक्टर लोकेन्द श्रेष्ठले बताएका छन् । उनले प्रवेश परीक्षामा विद्यार्थीहरूको स्वास्थ सुरक्षाको लागी एउटा बेन्चमा एक विद्यार्थी मात्र राखेर परिक्षा सञ्चालन गरीएको बताएका छन् ।

धरानमा विगत ८ वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको धरान आदर्श माध्यमिक विद्यालय धरानमा नै सबै भन्दा धेरै संकाय सञ्चालन गर्ने तथा सबैभन्दा धेरै विद्यार्थीहरू कक्षा ११ र १२ मा उत्तीर्ण गराउन सफल नीजि विद्यालय हो । धरान आदर्शमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, एजुकेशन, ह्युम्यानिटिज, सोसल साइन्सेज र कम्प्युटर साइन्स संकायको पठनपाठन हुदै आएको छ ।

गत वर्ष कक्षा ११ मा धरान टप गर्न सफल यस विद्यालयले ७ वर्षको अन्तरालमा ३ पटक बोर्डमा नाम ल्याएको विद्यालयका एकेडेमिक डाइरेक्टर पोखरेलले जानकारी दिएका छन् । उनले भने,“प्रदेश नम्बर १ मा जिल्ला तथा विद्यालय टप गर्न सफल विद्यार्थीहरूको रोजाइमा हाम्रो विद्यालय पर्ने गरेको छ । हामीले उत्कृष्ट विद्यार्थी जसले ४ जिपिए ल्याएका हुन्छन् उनिहरूलाई बेग्लै कक्षाको व्यावस्था गरेका छाैँ ।” उनले विद्यालयमा विज्ञान संकाय र व्यावस्थापन संकायको लागि छुट्टाछुट्टै भवन रहेको जानकारी दिएका छन् ।

विद्यालयले कमजोर विद्यार्थीहरूको लागि अतिरीक्त कक्षाको व्यावस्था गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई बोर्डमा ल्याउनका लागि काउन्शिलिङ तथा थप कक्षाको व्यावस्था गरीएको विद्यालयका एड्मिस्ट्रेटिभ डाइरेक्टर श्रेष्ठले बताएका छन् । उनले विद्यालयले विद्यार्थीहरूको लागि व्यावहारी शिक्षामा जोड दिएको जानकारी दिएका छन् । उनले भने,“धरान आदर्शबाट उत्तीर्ण भएर गएका विद्यार्थीहरूले उच्च शिक्षामा मेडिकल तथा इञ्जीनियरीङको क्षेत्रमा उत्कृष्ट श्रेणीमा नाम निकाल्न सफल भएका छन् ।” उनले विद्यार्थीहरूको मनोविज्ञान अनुसार पठनपाठन गरीने जानकारी दिएका छन् ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.