धरान ९ बगैँचा लाइन स्थित समिट हाइयर सेकेन्ड्री स्कुलको पहिलो प्रवेश परीक्षा सम्पन्न

भाद्र २८, २०७७ – धरान ९ बगैँचा लाइन स्थित समिट हाइयर सेकेन्ड्री स्कुलमा कक्षा ११ को लागी पहिलो प्रवेश परीक्षा शुक्रबार विधालयमा नै सम्पन्न भएको छ । स्कुलको दोश्रो प्रवेश परीक्षा भने आइतबार हुनेछ ।

समिटमा शुक्रबार विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म व्यवस्थापन संकाय अर्न्तगत होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, कम्प्युटर साइन्स र एजुकेशन संकायमा परीक्षा सम्पन्न भएको प्रिन्सिपल रमेश दाहालले जानकारी गराए । कोभिड १९ को चुनाैती रहेपनि उच्चा शिक्षालयको छाता संगठन हिसानद्वारा जारी सूचना अनुसार सामाजिक दुरी कायम गरी एउटा बेन्चमा एक विधार्थी मात्र राखेर परीक्षा लिएको अध्यक्ष चन्द्रदत्त पाैडेलले बताए ।

‘विधार्थीलाई प्रवेश गर्नुभन्दा अगाडी साबुन पानीले हात धोएर, स्यानिटाइज गरी थर्मल गनबाट ज्वरो मापन गरी कोरोनाको कुनै लक्षण नभएमा मात्र प्रवेश गराएका थियाै ।’ अध्यक्ष पाैडेलले भने, ‘कक्षामा एउटा बेन्चमा एक विधार्थी राखि अनिवार्य मास्क लगाइ परिक्षा संचालन गरेका छाै । हाम्रा स्टाफहरूले भने पञ्जा र मास्क सहित सामाजिक दुरी कायाम गरी सेवा दिएको उनले बताए ।’

लकडाउन पछीको पहिलो प्रवेश परीक्षामा उल्लेख्य मात्रमा अभिभावक र विधार्थीको सहभागीता रहेको प्लस टु इन्चार्ज प्रा. डा. भोलानाथ पोखरेलले बताए । ‘आज पहिलो प्रवेश परीक्षाका लागी १ सय भन्दा बढीले फारम भरेकोमा ८० भन्दा बढी प्रत्यक्ष रूपमा परीक्षामा सहभागी भएका थिए ।’ उनले भने, ‘धरानको शैक्षिक धरोहरहरू द्वारा स्थापित यस विधालयले हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।’ समिटमा शिक्षा संगै अतिरिक्त कृयाकलापहरूमा समेत विधार्थीहरूलाई सहभागी गराइने उनले जानकारी गराए ।

अघिल्लो वर्षदेखि व्यवस्थित तरिकाले सानो टिम मिलेर विधालय संचालन गरीरहेको प्रिन्सिपल दाहालले बताए । ‘अघिल्लो वर्ष कलेजमा राम्रो विधार्थीको इनटेक भएको र अभिभावक तथा विधार्थीहरूबाट राम्रो प्रतिकृया पाएकोले उत्साहित भएका छाै ।’ उनले भने, ‘हामीले अघिल्लो वर्षदेखि व्यवस्थापन संकायका विधार्थीहरूका लागी वर्षै भरी एकाउन्ट विषयको निशुल्क अतिरिक्त कक्षा संचालन गर्न थालेका छाै । यस वर्ष पनि त्यस कक्षालाई निरन्तरता दिनेछाै ।’ यसवर्ष देखि हरेक हप्ताको दुई दिन व्यक्तित्व विकासको तालिमहरू समेत संचालन गरीने तयारी गरेको दाहालले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.