त्रिविले भदाै तेश्राे हप्तादेखी सेमेस्टर प्रणालीकाे परिक्षा गर्ने तयारी

श्रावण १४, २०७७-त्रिभुवन विश्वविद्यालयकाे लकडाउनले ठप्प भएका परीक्षा लकडाउन खुलेसँगै यही भदौको तेस्रो हप्ताबाट परीक्षा शुरु गर्ने तयारी थालेको छ । लकडाउन खुलेसँगै साे विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ र सम्बन्धित ठाउँमा आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा शुरू गर्ने तयारी थालेको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए अनुसार स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको छ । उनले भने “भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ” र “सेमेष्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरु गर्ने तयारी गरेको छाैँ ।”

श्राेतले जनाए अनुसार विश्वविद्यालयले ती बाँकी परीक्षाकाे लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारी रहेको छ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ । त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् । वार्षिक परीक्षाअन्तर्गत स्नातकोत्तर तह प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा बाँकी रहेको छ ।

यसअघि व्यवस्थापन सङ्कायको डीन कार्यालयले भदौ दोस्रो हप्तादेखि स्नातकोत्तर तह र स्नातक तह प्रथम, तेस्रो, पाँचाँै र सातौँ सेमेष्टरको परीक्षा भदौ तेस्रो हप्ताबाट गर्ने जानकारी कार्यालयका सहायक डिन प्राडा ध्रुवकुमार गौतमले सूचना प्रकाशित गरेका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.