धरान डेको अवसरमा सरसफाइ कार्यक्रम

पुष २०, २०७७ – आज धरान डेको अवसरा पारेर धरान उप महानगरपालिकाले सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

धरान उपमहानगरपालिका वातावरण शाखाको आयोजनामा गरिएको सरसफाइ कार्यक्रम धरान उपमहानगरपालिकाको कार्यलयको हाता भित्रको खहरे खोला सरसफाइ गरिएको थियो । उक्त कार्यक्रममा धरान उप महानगरपालिकाकी उप मेयर मञ्जु भण्डारीको उपस्थिती थियो । गत वर्ष तामझामको साथमा धरान डे मनाइने गरेको भए ता पनि यस वर्ष कोरोना महामारीको कारण व्यापक रुपमा मनाउन नसके पनि सरसफाइ गरि उक्त उत्सवलाई मनाइएको उप मेयर भण्डारीले बताइन । यो सरसफाइ अभियन वडा स्तरिय गरिएको बताउँदै यस अभियानलाई निरन्तरता दिइने उनले बताइन ।

यस्तै सेवक अभियान धरानले सो कार्यक्रममा सहभागिता जनाउँदै सेवक अभियानको मुल नारा नै स्वस्थ धरान रहेकोले यो कार्यक्रममा विगत देखि नै जोड दिइएको अभियानका संयोजक राजिव हल्वाइले बताए । यो धरान उपमहानगरपालिकाको मात्र जिम्मेवारी नभएर यो समस्त नगरवासीहरुको पनि जिम्मेवारी रहेको उनले बताए । उनले भने नगरवासी नै सचेत रहे यस्ता सरसफाइ कार्यक्रम आवश्यक नरहने र अव यो कार्यक्रम नगरपालिकाबाट निरन्तर रहने स्वस्थ धरानले सार्थकता पाउनेछ ।

धरान उपमहानगर पालिकाको कार्यलय हाताबाट सुरु गरिएको सो कार्यक्रममा शसस्त्र प्रहरी, नगर प्रहरी, सेवक अभियानका अभियान्ता, धरान १२ नम्बर वडा र वातावर शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा खहरे करिडोर बासिन्दाहरुको पनि सहभागिता रहेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.