वीपी प्रतिष्ठानको अनलाइनबाट ओपिडी सेवाको लागी नाम दर्ता गर्न सकिने

आश्विन २५, २०७७ – धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको ओपिडी सेवा थप सहज बनाउनका लागी भोली सोमबारबाट प्रतिष्ठानले अनलाइन एप्लिकेसनबाट रजिस्ट्रेसन तथा टिकटिङ सेवा सुरू गर्ने भएको छ ।

अस्पाताल निर्देशक प्रा. डा. गाैरीशंकर साहले आज एक सूचना जारी गर्दै अनलाइन दर्ताको प्रकृयाबारे जानकारी दिएका छन । अनलाइन दर्ताका लागी एन्डरोइड मोबाइलको प्लेस्टोरमा वीपीको एप्लिकेसन डाउनलोड गरी आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । त्यसपश्चात आफुलाई चाहिएको विभागमा गई टिकट दर्ता गर्ने र खल्ति, ईसेवा वा आईएमई पेबाट तोकिएको रकम तिर्नुपर्ने हुन्छ ।

सुचना

सूचना अनुसार विहान ८ बजेभन्दा अगाडी अनलाइन टिकट काटेमा सोही दिन र सो समयपछी दर्ता गरेमा अर्को दिनको लागी दर्ता हुने बताइएको छ । विरामी जाँचका लागी आउँदा भने विभागको ओपिडी भित्रकै दर्ता काउन्टरबाट आफ्नो ओपिडी कार्ड लिएर चिकित्सककोमा जानुपर्ने बताइएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.