इटहरीका ४० विद्यार्थीलाई राहत वितरण

आश्विन २१, २०७७ – बालिका शिक्षा परियोजना अन्तरगत अध्ययन गर्दै आएका विद्यार्थीहरुको परिवारलाई राहत वितरण गरेको छ । बालिका शिक्षा परियोजनाले नै आज इटहरीमा ४० जना विद्यार्थीहरुलाई राहत वितरण गरेको हो ।

उप्का नेपाल धरान र सेध द चिल्डे«न को सहयोगमा आर्थिक रुपमा विपन्न वर्गका बालिका तथा किशोरीहरुलाई शिक्षा प्रदान गर्दै आएको बालिका शिक्षा परियोजनाले राहत स्वरुप साइकल, स्टेसनरीका सामग्री तथा खाद्यन्न वितरण गरेको छ । परियोजना अन्तर्गत अध्ययन गर्दै आएका बालिका तथा किशोरीहरुको परिवारलाई समेत कोरोना संक्रमणको अवस्थामा उक्त राहत प्रदान गरिएको हो ।

उक्त परियोजनाले हाल सम्म बेलबारी, भेडेटार, धरान, खनार, इटहरी लगायतका बिद्यार्थीहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म पढाउँदै आएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.