आदिवासी हक अधिकार सुनिश्चितकाे लागी अभियन्ता तयार पार्ने उद्देश्यले धरानमा ३ दिने तालिम सञ्चालन

आश्विन १८, २०७७ – आदिवासी जनजातिहरुलाई आफ्नाे अधिकार आफै सुनिश्चित गर्ने उद्धेश्यले धरानमा ३ दिने तालिम शुरु भएको छ।

युराेपियन युनियनकाे सहयाेग तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ केन्द्रिय कार्यालयकाे आयोजनामा ३ दिने तालिममा प्रदेश १ का सुनसरी, उदयपुर लगायत ठाउँका २५ जना आदिवासी जनजातीहरुको सहभागिता रहेको छ। जसमा महिला सहभागीहरुको बाहुल्यता रहेको छ। विषेश गरेर आदिवासीहरू नेपालमा राज्यकै तर्फबाट दमनमा परेकाे कारण पनि याे अभियानकाे आवश्यक रहेकाे आयाेजककाे दावी छ ।

उदयपुर सिमेण्ट कारखाना, अरूण तेश्राे परियाेजना र काेशी उच्चबाँधकाे विकाशकाे याेजनाबाट साेशित आदिवासी जनजातीहरूकाे हक अधिकार भित्र केके पर्छन भन्ने सवालमा विषेश प्रशिक्षण गरिने आयाेजककाे भनाइ छ । आयाेजककाे भनाइ अनुसार यस्ता ठुला विकासकाे परियाेजनाकाे कारण विस्थापित समुदायलाइ दिर्घकालिन स्थापितकाे प्रमुख विषयमा राखिएकाे छ । त्यस्ता परियाेजनाले मुअब्जा नदिलाएकाे हैन तर उक्त मुअब्जाले विस्थापितहरूकाे भविष्य सुनिश्चित नरहेकाे उनिहरूकाे भनाइ छ ।

समृद्द मुलुक निर्माणकाे लागि त्यस भुगाेलका समुदायले आफ्नाे अस्तित्वसँग जाेडिएकाे भुगाेल छाेड्न बाध्य छन तर यससँगै उनिहरूलाइ सरकारले दिगाे स्थापित नगर्दा उनिहरूकाे भाषा, संस्कार र संस्कृति समेत गुम्ने खतरा देखिएकाे छ । समुदाय जहाँ गए पनि भाषा संस्कार संस्कृती साथै जाने हैन र भन्ने मिडियाकर्मीकाे चासाेमा अभियन्ता कमला थापा मगर भन्छिन मुअब्जाले ती समुदायलाइ अलग अलग भुगाेलमा बाँड्छ र उनिहरूकाे समुदाय नै तितरबितर भएपछि कसर भाषा संस्कार संस्कृतिले ठाउँ पाउँछ ? यदि सरकारले ती समुदायले विषेश भुगाेल वा भुमिमा दिगाे व्यवस्थापन गरे पक्कै भाषा संस्कार संस्कृती मरेर जाँदैन । यसर्थमा मुअब्जा भन्दा दिगाे व्यवस्थापनकाे लागी हाम्राे माँग हाे । याे सरकारले सम्बाेधन गर्नु पर्छ नगरे सम्म निरन्तर अभियान चलिरहने उनकाे भनाइ छ । उनले बाेल्ने क्रममा अन्तमा भनिन हामिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन अनुसार विस्थापितहरूले पाउनु पर्ने अधिकारकाे बारेमा सुसुचित गर्ने हाे अधिकारकाे कुरा त उनिहरू आफैले उठाउनु हुनेछ ।

शनिबारदेखि धरानको होटल स्टार पूर्वीमा आयोजित सो तालिम सोमबारसम्म सञ्चालन हुने महासंघका केन्द्रिय सचिव सबिना चेपाङले बताईन्। यस तालिम असोज २१ गते विर्तामोड र २२ गते विराटनगरका आदिवासी जनजाति समुदायका निम्ति समेत सञ्चालन गरिने भएको छ। तालिममा केन्द्रिय कोषाध्यक्ष निर्मला भुजेल, आदिवासी अभियन्ता प्रज्ञादेवी राई एवं जिल्ला समन्वय परिषद सुनसरीका सचिव माया राई समेतको उपस्थिति रहेको छ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.