वीपी प्रतिष्ठानका चिकित्सकहरुको शान्तिपूर्ण आन्दोलन

आश्विन ०९, २०७७ – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् । उनिहरू मेडिकल एण्ड डेन्टल फ्याकल्टीका चिकित्सकहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिएका हुन ।

सिनेट बैठकबाट कर्मचारीको तलब वृद्धि र आन्तरिक बढुवाका लागि निर्णय भएको थियो । निर्णय भएपनि हालसम्म निर्णय कार्यन्वयन नभएको बताउँदै मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीले आन्दोलन शुरु गरेको सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले बताए । बढेको तलब नपाएको तथा आन्तरिक बढुवा प्रक्रिया करिब अढाई बर्षदेखि अवरुद्ध भएको उनले जनाए ।

आफ्ना मागहरु पेश गरे पनि उपकुलपतिले बेवास्ता गरेको भन्दैं बिहीबार देखि आन्दोलन शुरू गरेकोमा आज समेत निरन्तरता दिइने पोखरेलले बताए । हिजो विहान उनिहरूले उपकुलपति कार्यालय अगाडी भेला भएर केही समय शान्तिपुर्ण प्रर्दशन गरेका थिए । प्रतिष्ठानको नियमित कामलाई असर नपुग्ने गरि रचनात्मक तरिकाले विरोधमा उत्रिएको उनले बताए । माग पुरा नभएसम्म विरोध जारी रहने उनले जनाए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.