धरान २० विष्णुपादुका पहिरो पिडित राखिएको टेन्ट चुहिन थाल्यो

आश्विन ०५, २०७७ – धरान २० विष्णुपादुका आँपटार बस्तीमा गएको पहिरोबाट विस्थापित भएको ७ परिवारलाई अस्थाई रूपमा टेन्ट निर्माण गरी राखिएको भएपनि टेन्टमा पानी चुहिएको छ ।

आज हामी दिउँसो पहिरो गएको स्थान पुगेको बेला विस्थापित परिवारहरूले आफ्नो टेन्टमा पलङ, ओड्ने ओछ्याउने, पकाउने लगायतको सामान राख्ने काम गरीरहेका थिए । आज परेको पानी टेन्टमा चुहिन थालेपछी आफै त्रीपालको जोहो टेन्टको छत ढाकेको विस्थापित बलबहादुर राई बताउँछन । धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुवेदीको पहलमा हिजो राती करीब १२ बजे टेन्ट स्थापन गर्ने काम सम्पन्न भएको छ । पानी नचुहिने बताएपनि आज पानी परेपछी टेन्टमा पानी चुहिन थाल्यो । राईले भने, हामी विस्थापित आफैले आआफ्नो टेन्टमा त्रीपालले ढाकेका छा ।

आज सेनाहरू आएर टेन्ट थप व्यवस्थापन गर्ने भनिएपनि उनिहरू आएनन । वडा कार्यलयले आज शाचालय समेत निर्माण गर्ने बताएपनि त्यो काम समेत हुन सकेन । हामी छिमेकीकोमा शाचालय जाँदैछा । उनले भने, पानीको लागी न्याङ खोला खानेपानी उपभोत्ता तथा सरसफाई समितीमा निवेदन दिएका छा । न्याङ खोला खानेपानी समितीको पानी पहिले आँपटारमा मात्र वितरण हुने गरेकोमा अहिले पुरै वस्ती नै विस्थापित भएपछी त्यहाँको पानी यता सारीदिनका लागी अनुरोध गरेको उनले बताए ।

गत शनिबार दिउँसो धरान २० विष्णुपादुका आँपटार बस्तीमा गएको पहिरोबाट ७ घरका परिवार विस्थापित भएका छन । आँपटारको सबलमान राईको परिवामा उनको श्रीमती मैनासरी राई, छोरा बलबहादुर, बुहारी सृजना राई, छोरा मिलन र मासम राई, नातिनी प्रतिमा राई र दिदी निरमाया राई गरी ८ जना विस्थापित भएका छन ।

यस्तै, मानबहादुर राईको परीवारमा उनको श्रीमती फुलमाया राई, छोरी सरूपा राई, ज्वाई नन्दलाल यादव र नाती सारभ यादव गरी ५ परीवार विस्थापित छन । बस्तीलाल राईको परीवारमा उनको श्रीमती दिपासरी राई, छोरी सजना र छोरा संगम राई गरी ४ परीवार, रामबहादुर राई याक्खाको परिवारमा श्रीमती सपना राई, छोरा युनिक राई गरी ३ जना विस्थापित भएका छन । यसैगरी, विरकुमार राईको परीवारमा श्रीमती विन्दुकुमारी राई, छोरा विक्रम र छोरी दिपशिखा राई गरी ४ जना, रामबहादुर राईको परीवारमा श्रीमती केवलसरी राई, छोरी समु र छोरा कमल राई गरी ४ जना समेत विस्थापित भएका छन । आँपटारको कुल ७ परीवारका ३५ जना विस्थापित भएका छन ।

विस्थापितहरूका लागी भनि आज धरान उपमहानगरपालिका स्वास्थ महाशाखाले स्वास्थ सामग्री पुर्याइदिएका छन । स्वास्थ सामग्रीमा स्यानिटाइजर, मास्क, झुल, पञ्जा, साबुन र ह्यान्ड वास साथमा सेनिटरी प्याड प्रदान गरेको महाशाखाका प्रमुख उमेश मेहताले बताए । विस्थापितहरूलाई हाल माछामारामा बसन्त लिम्बुको खाली जग्गामा टेन्ट लगाएर व्यवस्थापन गरीएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.