सुनिहाङ्मालाई न्याय नदिलाए नेपालमा थुप्रै सुनिहाङ्माहरुको हत्या हुन्छ- छथर गा.पा. प्रमुख

आश्विन ०४, २०७७ – गत भादौ २२ गते धरान उपमहानगरपालिका वडा नं. ११ मा भएको घटनामा सुनिहाङ्माको संकास्पद मृत्यु भएकोले पिडित पक्षलाई न्याय दिलाउन आज नव गठित संघर्ष समितिले पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ । हिजो शनिवार गठित संघर्ष समितिले आज आइताबार धरान १३ स्थित पत्रकार महासंघको भवनमा पत्रकार सम्मेलन गरि उक्त घटनाको निष्पक्ष छानविन गरि दोषी माथि कार्वाहिको माँग राखेका छन ।

हिजो शनिबार धरान १५ स्थित छथरे समाजको हलमा आयोजना गरिएको शोक सभामा सुनिहाङ्मालाई न्याय दिलाउन भनि संघर्ष समिति गठन गरिएको हो । उक्त समितिमा ५ सय १ सदस्य रहेको आजको पत्रकार सम्मेलनमा जानकारि गराएका छन । उक्त समिति छथरे समाजका अध्यक्ष मोहनप्रसाद तिगेलाको संयोजकत्वमा गठन गरिएको जानका दिएका छन ।

आज भएको पत्रकार सम्मेलनमा एक प्रेस विज्ञप्ती जारि गर्दैै समितिले मृतक सुनिहाङ्माको श्रीमान र आफन्तहरुले विभिन्न मिडियामा दिएको अभिव्यक्ति र अनुसन्धानको क्रममा दिएको बयानको आधारमा घटना थप संकास्पद भएको बताएका छन । सामाजिक सञ्जालमा विभिन्न किसिमको अभिव्यक्ती, धारणा र उनिहरुले प्रत्यक्ष भेटमा घटनाको बारेमा बोलेको कुरा बाझिएको छ यसर्थले सुनिहाङ्माको आत्माहत्या नभएर हत्या गरिएको अभियान समितिका संयोजक तिगेलाले जिकिर गरे । संयोजक तिगेलाको अनुसार सिमितीले यो मुद्दाको अनुसन्धान तथा कार्वाहिको माँग गर्दै, क्षतिपुर्तिसहितको न्याय पाउने अवस्था सृजना गर्नेछ । यसका साथै उनले भने पिडितले न्याय नपाउने अवस्थामा पुगे हामि संघर्ष पनि गर्नेछौँ ।

यसका साथै सोहि कार्यक्रममा मृतकका काका तथा अभियान समितिका सहसंयोजक अरुण तिगेलाले प्रहरी हिरासतमा रहेका घटनाका एक दोषी तथा सुनिहाङ्माकी आमाजुलाई कोरोना संक्रमणको वाहानामा घरमा पठाइएको कुरा प्रति घोर आपत्ती जनाएका छन । कोरोना भाइरस संक्रमणको वाहानामा होम आइसोलेसन पठाइ आफ्नो दोष ढाकछोप गर्न विभिन्न योजना बनाउनुका साथै घटनाको प्रमाणहरु नष्ट गर्न यो योजना गरिएको उनको भनाइ छ । साथै पोष्टमार्टमको रिपोर्ट आउन ढिलाई भइरहेकोमा पनि उनले चलखेल भएको हुनसक्ने आशंका व्यक्त गरेका छन ।

कार्यक्रममा मृतकको दाजु पर्ने तथा छथर गाउँपालिका प्रमुख सन्तोष तिगेला उक्त घटनाको बारेमा बोल्दै भने यो संघर्ष सुनिहाङ्को लागि मात्र नभएर आम नेपाली पिडित .महिलाहरुको न्यायको लागि हो । उनले कार्यक्रममा स्पष्ट पार्दै भने यदि हामिले दोषीलाई कानुनको दायरामा ल्याएर सजाय दिन नसकेको खण्डमा अन्य यस्ता किसीमको अपराधिहरु सक्रिय रहने छन । आज सुनिहाङ्मालाइ न्याय मिलेन भने हाम्रो समाजमा थुप्रै सुनिहाङ्माहरुको यसरी नै हत्या हुने कुरा पक्का रहेको उनले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.