माइती पक्ष भन्छन सोनिहाङ्माको सड्यन्त्रका साथ हत्या भएको हो

आश्विन ०३, २०७७ – धरान ११ मा मृत्यु भएको सुनिहाङ्मा लिम्बुको सड्यन्त्रपुर्ण हत्या भएको माइती पक्षको दावी छ । घटनाको प्रकृति हेर्दा सुनिहाङ्माको आत्माहत्या नभएर हत्या गरिएको उनिहरुको भनाइ छ ।

आज धरान १५ स्थित छथरे समाजको सभाहलमा मृतकको श्रद्धाञ्जली सभामा घटनाकोबारेमा बताउने क्रममा उनिहरुले हत्या भएको दावी गरेका छन । उनिहरुले हत्या गरिएको हो हामि सँग हत्या सावित गर्ने प्रमाण प्रसस्त छ भन्दै हत्या गरिएको दावी गरेका छन । पोस्टमार्टमको रिपोर्ट पुर्णरुपमा आइनसकेकोले प्रहरी प्रशासनको अनुसन्धानमा ढिलाइ भएको भन्दै पोस्टमार्टम सिपोर्ट पछि प्रहरीलाई अनुसन्धानमा सहज बनाउन उक्त प्रमाणहरु पेस गर्ने उनिहरुको भनाइ छ ।

प्रमाणको अधारमा र गवाहीको आधारमा भन्ने हो भने घटानाको प्रमुख दोषी मृतकको श्रीमान र साइली आमाजु नै भएको उनिहरुले जिकिर गरेका छन । उनिहरुले दोषीलाई कार्वाहि होस पैसा र शक्तिको कारणले निर्दोले सजाय नपाओस भन्दै निष्पक्ष छानविनको माँग कमेत राखेका छन । यसका साथै मृतकको श्रीमान आइतराज मावोलाई पनि सिंगापुरबाट अनुसन्धानको लागि झिकाउन माँग राखेका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.