मदन भण्डारी स्पोर्टस एकेडेमी रक्तदान कार्यक्रममा

आश्विन ०१, २०७७ – मदन भण्डारी स्पोर्टस एकेडेमीले धरानमा यहि असोज ३ गते संपिधान दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । यो विषम परिस्थितिमा रगतको अभावले चरम रुप लिएकोले यो समस्यालाई न्युनिकरण गर्न सहयोग पुर्याउने हेतुले उक्त कार्यक्रम गर्ने योजना बनाएको एकेडेमीले जनाएको छ ।

धरान १० स्थित क्लिक धरान मिडिया ग्रुपको कार्यालयमा एक पत्रकार भेला गरी उक्त कार्यक्रमको बारेमा एकेडेमिले जानकारि गराएको हो । धरान स्थित लोकतान्त्रिक चौतारीमा विहान ८ बजे देखि सुरु हुने कार्यक्रममा १०० पिण्ट रगत संकलन गर्ने लक्ष्य लिइएको पत्रकारहरुमाँझ एकेडेमिले जानकारी गराएको छ । कोरोना संक्रमणको महामारिको अवस्थामा अस्पतालहरुमा रगतको अभावले चरम रुपले लिएको छ यस्तो अवस्थामा अस्पतालका विरामीहरु समस्यामा परेको कारण रक्तदान कार्यक्रम अहिलेको आवश्यक रहेको एकेडेमिको भनाइ छ ।

सोहि दिन सामाजिक संस्था सेवक अभियानसँगको सहकार्यमा आयुर्वेदिक औषधिको निःशुल्क वितरण तथा परामर्श दिइने एकेडेमीका अध्यष प्रशान्त पाठकले जानकारि गराएका छन । कोरोना संक्रमणको प्रतिरोधात्मक क्षमता तथा मानव शरिरको पाचन प्रणालीलाई क्रियाशिल बनाउन आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुने विभिन्न जडिवुट्टी जन्य पदार्थको बारेमा जानकारि तथा प्रयोग विधि सिकाइने अध्यक्ष पाठकले जनाए । यसका साथै अध्यक्ष पाठकले जनाए अनुसार विभिन्न स्वास्थ्य विशेषज्ञहरुबाट निःशुल्क स्वास्थ्य परामर्शको पनि व्यवस्था गरिएको छ ।

आयोजक संस्था मदन भण्डारी फाउण्डेशनको भातृ संगठनको रुपमा गठन भएको संस्था हो । विषेश गरेर यो संस्थाले खेलकुद गतिविधिलाई ध्यानमा राखेर विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गर्दैै आएको एकेडेमिका जिल्ला सदस्य रवि खनालले बताए । यस वर्ष पनि एकेडेमीको क्रियाकलाप अन्तर्गतको पात्रोमा खेलकुद कार्यक्रमको सुचि भएता पनि कोभिड १९ को संक्रमण महामारिको कारण उक्त योजना पुरा हुन नसक्दा मानवीय सेवाको कार्यमा एकेडेमि सक्रिए भएको सदस्य खनालले बताए । विगतका दिनमा मानवीय सेवामा कार्यक्रम गर्दै आएता पनि खेलकुदलाई मुख्य स्थान दिइएको थियो । त्यसै अन्तर्गत असोज ३ गते रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.