कुलमान घिसिङको पुनः नियुक्तीकाे माँग सहित आज धरानमा प्रर्दशन

भाद्र ३१, २०७७ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ती नगरेपछी त्यसको विरोधमा आज धरान भानुचोकको लोकतान्त्रिक चाैतारीमा दिउँसो प्रर्दशन भएको छ ।

धरानका स्थानियहरूले स्वतन्त्र रूपमा प्लेकार्ड सहित प्रर्दशन गरेका हुन । उनीहरुले बोकेको प्ले कार्डमा उज्यालो विरोधी होशियार विद्युत माफिया मुर्दावाद, भ्रष्टहरू पटक पटक कुलमान किन एकै पटक, हट्यो देशको तुवाँलो कुलमान देशको उज्यालो लगायत लेखिएको प्ले कार्डका साथ प्रदर्शनमा उत्रिएका थिए ।

कुलमानको ४ वर्षिय कार्यकालमा नेपालमा भइरहेको १८ घण्टे लोडसेडिङ अन्त्य भएको साथै विधुत प्राधिकरणलाई नाफामा लैजान समेत सफल भएको थियो । यो भन्दा पहिले निर्देशक घिसिङको कार्यकाल समाप्त हुने बेलामा समेत पुनः बहालिको लागी सरकारलाई दवाब दिन देशव्यापी प्रर्दशन भएको थियो । यता सरकारले मंगलबार प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.