लोक लक्ष्मी स्मृती प्रतिष्ठानको प्रायोजनमा मजदुरलाई खाना प्रदान गरिने

भाद्र ३१, २०७७ –धरानमा लोक लक्ष्मी स्मृती प्रतिष्ठानको प्रायोजकमा धरान उपमहानगरपालिकाले मजदुरहरुलाई निशुल्क खाना वितरण गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहयोगमा धरान उपमहानगरपालिकाले १ महिना सम्म भेज खाना वितरण गर्ने धरान उपमहानगर प्रमुख तिलक राईले जनाएका छन ।

प्रमुख राईले बताए प्रत्येक दिन १ देखि २ सया जनालाई सम्म वितरण गरिने खाना १ महिना पछि परिस्थिती हेरेर खाना वितरणलाई निरन्तरता दिने नदिने भन्ने विषयमा निर्णय गर्ने बताए । असोज १ गते देखि यातायात खुल्ने भनिए पनि यातायात मजदुरको अवस्था सहज हुने कुरामा कुनै ग्यारेण्टी नहुने भएकोले मजदुरहरुलाई खाद्यन्नको आवश्यक रहेको बताए । कोरोनाको विषम परिस्थितिमा गरिएको लकडाउनको प्रभाव विषेश गरेर मजदुरलाइ परेको प्रमुख राईले बताए ।

प्रतिष्ठानको अध्यक्ष इन्द्र प्रसाद श्रेष्ठले कार्यक्रममा बोल्दै भने हाम्रो बुवा परिवारको अविभावक त हुनुहुन्थ्यो नै वहाँ समाजको पनि त्यतीनै अविभावकको रुपमा उभिनु भएको छ । वहाँले समाजमा साँस्कृतिक, राजनितिक तथा सामाजिक क्षेत्रमा ठुलो योग्दान दिनुभएको छ । विषेश गरेर धरानमा शिक्षा क्षेत्रमा बुवाले पुर्याउनु भएको योगदानलाई स्मरण गर्दै अध्यक्ष श्रेष्ठले भने धरानको अधिकांस कलेज र स्कुलहरु स्थापनामा ठुलो भुमिका रहेको र ती कलेज स्कुलको बारेमा बोलेका थिए ।

धरानको विकासमा समाजसेवीहरको पनि ठुलो योगदान रहेको भन्दै धरान उपमहानगर उपप्रमुख मञ्जु भण्डारीले भनिन स्वर्गीय लक्ष्मी प्रसाद श्रेष्ठ धरानको इतिहासमा जोडिएको नाम हो । धरानको इतिहाँस हेर्दा वहाँको योग्दान नगण्य रहेको उपप्रमुख भण्डारीले बताइन । उनले भनिन वहाँलाइ म व्यक्तिगत रुपमा चिन्दै आएको थिए तर वहाँको नाममा प्रतिष्ठान सञ्चालनमा रहेको आज थाहा पाउँदा एक दमै खुसि लागेको छ । वहाँ दिवंगत हुनुभए पनि वहाँको योगदान सदा यस्तै रहने कुरामा धरान उपमहानगरपालिका विश्वस्त रहेको उपप्रमुख भण्डारीले बताइन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.