धरान १ मा आगलागी, २ लाख बढीको क्षती

भाद्र ३१, २०७७ – धरान–१ लक्ष्मी सडकको पसलमा आगलागी हुँदा २ लाख बढीको क्षति भएको छ । हिजो राती पाैने १ बजेको समयमा विधुत सर्ट भइ आगलागी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

आगलागी हुँदा धरान १ बस्ने देवी श्रेष्ठको टिनको छानाको चिया पसल जलेर नष्ट हुँदा करीब १ लाख १० हजार बराबरको क्षती विवरण आएको छ । यस्तै, धरान १ मा नै बस्ने मोहम्मद शालिनको आइरन लगाउने घुम्ती पसल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घुम्ती पसलमा रहेको कपडा लगायत अन्य सामान गरी करिब १ लाख १५ हजार गरी कुल २ लाख २५ हजार बराबरको क्षती विवरण आएको प्रहरीले जनाएको छ ।

राती एक्कासी आगो देखिएपछि स्थानीयले दमकललाई खबर गरेका थिए । स्थानिय, प्रहरी र दमकलले आगो नियन्त्रणमा लिएका थिए । दमकल पुगेको करीब १५ मिनेटम आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.