वीपीका आन्दोलित जेआरहरूसंग अस्पताल प्रशासनले गर्यो वार्ता, तत्काल कोभिड अस्पताल र इमरजेन्सी सेवामा फर्कने

भाद्र २९, २०७७ – वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा विभिन्न माग सहित आन्दोलनमा उत्रिएका जुनियर रेसिडेन्ट जेआरहरूसंग अस्पताल प्रशासनले वार्ता गरेको छ । माग चाडो पुरा गर्ने आश्वासन पाएपछी तत्कालको लागी कोभिड अस्पताल र इमरजेन्सीको सेवामा जेआरहरू फर्कने भएका छन ।

आज विहान प्रतिष्ठानको उपकुलपती प्रा. डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक गारीशंकर शाहसंग भएको वार्ताबाट माग पुरा हुने आश्वासन पाएपछी कोभिड अस्पताल र इमरजेन्सी सेवामा जेआरहरू फर्कने जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष राजेन्द्र घिमिरेले जानकारी गराए । ‘वार्ताबाट अस्पतालको प्रशासनले माग जायज रहेको बताउँदै माग पुरा गर्नका लागी आश्वासन दिएपछी तत्कालको लागी कोभिड अस्पताल र इमरजेन्सी सेवामा जेआरले काम सुरू गर्नेछ ।’ उनले भने, ‘यसरी आश्वासन पहिलेपनि पाइसकेकोले कार्यन्वयन नभएसम्मको लागी भने रेगुलर ओटीको सेवामा भने फर्कने छैनाै ।’

आज बेलुका देखि नै कोभिड अस्पतालमा खटिएका जेआरहरूको खाना र बस्नका लागी उचित व्वस्थापन मिलाउने प्रशासनबाट आश्वासन मिलेको अध्यक्ष घिमिरेले बताए । ‘जेआरहरू समेत समस्या समाधानको पाटोमा नै अगाडी बढिरहेको छ । आजबाट खाना र बस्नका लागी व्यवस्थापन हुनेछ भन्ने आशमा छाै ।’ उनले भने, ‘अन्य माग भने केही दिनमा नै वैकल्पिक उपायहरू अपनाएर भएपनि पुरा गर्ने बताइएको छ ।’ माग पुरा नभएमा क्रमिक रूपमा आन्दोलनलाई कडा बनाउँदै लैजाने उनले बताए । जेआरको तर्फबाट वार्तामा अध्यक्ष सहित उपाध्यक्ष पदम नेपाली, महासचिव गणेश फुलारा, पूर्व अध्यक्ष कविर पाैडेल र सदस्य रिकेश थपलिया सहभागी भएका थिए ।

यसअघि सोसाइटीले हिजो आइतबार प्रतिष्ठानका उपकुलपतिलाई यसअघि भदाै ५ मा विभिन्न आधारभुत माग सहितको पत्र बुझाएको स्मरण गराउँदै जानकारी पत्र दिएका थिए । पत्रमा २४ घण्टा भित्र मागहरु पुरा नगरे आज २९ गते सोमबार देखि इमर्जेन्सी बाहेक कोभिड सहित सम्पुर्ण सेवाहरुमा सहभागिता नजनाउने चेतावनी दिएका थिए । वार्ता भएपनी जेआरहरूले उपकुलपति कार्यालय अघि धर्ना दिइरहेका छन ।

कोभिड उपचारमा खटिएका जुनियर रेसिडेन्टलहरुलाई जोखिम भत्ता, व्यवस्थित क्वारेन्टिन, गुणस्तरीय खाना तथा कोभिड अस्पतालमा कन्सल्टेन्ट समेतको सेवा लगायतका विभिन्न माग राखेका थिए । सोसाइटीले भदाै ५ गते राखेका मागहरू जायज ठहर भई पूरा गर्न समिति गठन भएको थियो । त्यसबेलाको वार्ता समस्या मात्र नभई समाधानको उपायहरू समेत प्रस्तुत गरेकोमा माग पुरा गर्नुको साटो हेलचेक्र्याइ र ढिला सुस्ती गरेको पत्रमा उल्लेख गर्दै आज जेआरहरू आन्दोलित भएका हुन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.