भालढुंगा सामुदायिक वनका कोषाध्यक्ष बस्नेत पक्राउ, आज बयान लिएर हिरासतमा राखियो

भाद्र २८, २०७७ – धरान २० स्थित भालढुंगा सामुदायिक वनमा अवैध सखुवाको रुख काटिएको घटनामा समुहका कोषाध्यक्ष भीम बस्नेतलाई सब डिभिजन वन कार्यालय धरानले पक्राउ गरी बयान लिएको छ ।

धेरै ठाउँबाट उजुरी परेकोले गर्दा कोषाध्यक्ष बस्नेतलाई पत्र काटेर बोलाइएको र कार्यालय आएपछि पक्राउ गरिएको सव डिभिजन प्रमुख एवं अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले बताए । ‘बस्नेतको आज बयान लिइ शसस्त्र वन सुरक्षा शाखा तरहरामा हिरासतमा राखिएको छ ।’ यादवले भने, ‘रूख कटानको विषयमा धेरै गल्तीहरू कोषाध्यक्ष बस्नेतले स्विकारेको छ त्यसैले उनि जमानतमा छुट्ने सम्भावना छैन ।’ वन एन निर्दिष्ट प्रकृया अनुसार छानविन गरी यस मुद्दाको चाडो टुङ्गो लगाउने यादवले बताए ।

गत बिहिबार पक्राउ परेको रूख काट्ने ४ जना मध्ये धरान १९ का गजेन्द्र लिम्बु र धरान ८ का शेरबहादुर तामाङले आफुहरुले मात्र रुख काटेको बयान दिदै वन समुहका कोषाध्यक्ष बस्नेतले रुख काट्न बोलाएको बयान दिएका थिए । यता वन समहुका अध्यक्ष बुद्धीमान तामाङले समेत भदाै १५ गते कोषाध्यक्ष बस्नेतको नाम किटानी गर्दै वन कार्यालयमा उजुरी दिएका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.