विधुत महशुलमा जरिवाना लागेपछी धरानमा उपभोत्ता आन्दोलित, आधा घण्टा काउन्टर बन्द (भिडियोसहित)

भाद्र २६, २०७७ – धरानमा विधुतको बिल बढी आएको तथा लकडाउनको कारण बिल तिर्न नपाउँदा फाइन लागेपछी आज विहान विधुत प्राधिकरण धरान वितरण केन्द्रमा महशुल बुझाउन पुगेका उपभोत्ता आन्दोलित भएका छन ।

उनिहरूले फाइन नतिर्ने बताउँदै काउन्टर बन्द गरेपछी धरान वितरण केन्द्रका प्रमुख प्रताप बरालले अहिले लागेको फाइन अर्को महिनाको महशुलमा मिलाउनका लागी पहल गर्ने बताएपछी पुनः महशुल बुझाउने काम सुरू भएको थियो । लकडाउनका बेला बिल नआएको र बिल आउने बित्तिकै तिर्न आउँदा फाइन लागेपछी उपभोत्ता आक्रोशित बनेका थिए ।

लकडाउनको अवस्था देखाएर हरेक महिनाको मिटर रिडिङको हुने दिन भन्दा पछी रिडिङ गरेको र पाउनुपर्ने छुट समेत नपाएको उपभोत्ताको गुनासो थियो । ‘मेरो घरमा हरेक महिनाको १३ गते रिडिङ हुनुपर्नेमा २१ गते मात्र रिडिङ भयो तर बिलमा भने रिडिङको मिती १३ गते नै लेखिएको छ । यसको कारण बिल आएको एक साता भित्र तिर्दा पाउनुपर्ने २ प्रतिशत छुट पनि कटाैती भयो’, एक उपभोत्ताले भने ।

यता धरान वितरण केन्द्रका प्रमुख बरालका अनुसार लकडाउनको कारण करीब डेढ महिना मिटर रिडिङ हुन पाएन तर अनलाइन मार्फत रिडिङ गराउन तथा महशुल बुझाउन सूचना जारी गरिएको बताए । यसपटकको फाइन अर्को महिनामा मिलाउने विषयमा भने केन्द्रमा जानकारी गराई पहल गर्ने बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.