सोनी लिम्बुको मृत्यु प्रकरणः पक्राउ परेको केटाको परिवारकालाई १० दिनको म्याद थप

भाद्र २५, २०७७ – धरान ११ की २२ बर्षीय सोनी हाङ्मा लिम्बुको मृत्युमा जाहेरी परी पक्राउ परेको केटाको परिवारका ४ जनालाई जिल्ला अदालतले आज १० दिनको म्याद थपेको छ ।

जाहेरी परेपछि हिजो बुधबार पक्राउ परेका केटाको बुवा भीम माबो, केटाको दुई दिदी सन्जु माबो, विमला माबो र केटाको भाई हेमकुमार माबोलाई आज जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन । घटनाको विषयमा निरन्तर अनुसन्धान भईरहेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जनाए ।

केटा पक्षले झुण्डिएर आत्महत्या गरेको बताए पनि माइती पक्षले भने मृत्यु रहस्यमय भएको बताउँदै गत मंगलबार प्रहरीमा जाहेरी दिएका थिए । मृतक लिम्बुको गत असार ५ गते सिंगापुरे लाहुरे आइत माबोसँग तेह्रथुममा टिकाटालो भएको मृतकका काका टेकराज तिगेलाले बताए । मृतक सोनीहाङमा आज पोस्टमार्टम गरी धरान-१४ खत्री धारामा दाहसंस्कार गरिएको उनले बताए । पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.