अश्लिल भिडियो रेखा फागोको भन्दै सार्वजानिक गर्नेहरुले माफि माँगे, उक्त भिडियो रेखाको नभएको पुष्टि

भाद्र २५, २०७७ – केहि समय अघि एक अश्लिल भिडियो सामाजिक सञ्जालमा चलचित्र अभिनेत्री रेखा फागोको नाम जोडिएपछि विवादले चरम रुप लिएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा चासोको विषय बनेपछि अभिनेत्री रेखाले सार्वजानिक रुपमा सो भिडियोमा रहेको महिला आफु नभएको र कसैले आफ्नो चरित्र हत्या गर्ने कुचेष्टाले नाम जोडेको भन्दै प्रस विज्ञप्ती जारि गरेकी थिइन ।

अभिनेत्री रेखाको भिडियो भन्दै सामाजिक सञ्जालमा मार्फत देश विदेशको नेपाली माँझ फैलिएको थियो । के त्यो भिडियो रेखाकै हो त भन्ने विषयमा छानविन गर्दा उक्त भिडियो इन्डोनेसियाको एक श्रीमान श्रीमतीको रहेको पुष्टि भएको थियो । सो भिडियो कसले सार्वजानिक गर्यो भनी खोज अनुसन्धान गर्दा मेरिना तुम्सा लिम्बुले आफ्ना साथीहरुलाई मेसेन्जर मार्फत पठाएको खुले पनि उनले कहाँबाट उक्त भिडियो प्राप्त गरिन भन्ने श्रोत खुल्न नसके पछि उनले गल्ती स्विकारेकि थिइन । मेरिना धरानमै रहेर सञ्चारकर्मीको रुपमा काम गर्दै आएकी छिन । यसैगरि उनी सँगै भिडियो अन्यन्त्र फैलाउने हाङ्मा लिम्बुले पनि आफ्नो गल्ती स्विकार्दै रेखा सँग माफि माँगेकि छिन । हाङ्मा पनि विगत केहि समय देखि धरानमा अभिनय क्षेत्रमा काम गर्दै आएकी छन ।

पिडित र दोषी नै लिम्बु समुदाय भएको कारणले रेखालाई दोषी दुवै जनाले लिम्बु समुदायको परम्परागत न्याय प्रणालीका आधारमा हिजो बुधबार तुम्याहाङ (बुद्धिजिवी तथा मान्यजन) हरु माँझ माफि मागेका छन । दुबै जनाले अभिनेत्री रेखासँग माफी माग्दै उक्त भिडियो रेखाको नभएको र त्यसलाई नफैलाउन सबैलाई आग्रह समेत गरेका छन ।

यतिको जटिल मुद्दालाई पनि सामान्य २ बोतल रक्सिमा माफि दिनु किन उचित ठान्नु भयो भन्ने सञ्चारकर्मिको जिज्ञासामा अभिनेत्री रेखा भन्छिन, एउटै समाजमा बसिसकेपछि समाजका वुद्धिजिवि मान्यजनहरुको कुरालाई सम्मान गर्दै यो कार्य स्विकारेको हुँ । सर्वप्रथम त मैले साइबर क्राइममै जाहेरी दिएकी हुँ तर समाजबाटै यो समस्याको हल हुन्छ भने मैले अड्डा अदालत जान उचित ठानिन । फेरि उनिहरु पनि मेरो बहिनि जस्तै हुन उनिहरुपनि मोडलिङ क्षेत्रमा संघर्षरत भएकोले पनि उनिहरुलाई एक अनुज ठानि माफि दिएको उनले बताइन । अन्तमा उनले भनिन उनिहरु पनि लिम्बु भएकोले हामिले लिम्बुको साझा संगठन चुम्लुङ मार्फत बुद्धिजिवी मान्यजनहरुको उपस्थितिमा लिम्बु संस्कार अनुसार माफि दिएको बताइन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.