सोनीको रहस्यमय मृत्यु भन्दै माइती पक्षले प्रहरीमा जाहेरी, माइती पक्ष भन्छन यो हत्या हो

भाद्र २३, २०७७ – सोमबार बिहान धरमा नै आत्माहत्य गरेको भनिएको धरान ११ कि सोनी हाङ्मा लिम्बुको माइती पक्षले रहस्यमय मृत्यु भनी प्रहरीमा जाहेरी दिएको छ । आज मंगलबार विहान धरान आइपुगेको मृतकको माइतीले यो घटना आत्माहत्य नभएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएका हुन ।

तीन महिना पहिले सिंगापुर लाहुरेसँग विहे गरेको २२ वर्षिय सोनी कोठाको पङ्खामा झुण्डिएको भनीए पनि सोनीलाई झुण्डिएको अवस्थामा प्रहरीले भेटेको थियो । तर प्रहरीलाई सोनी पङ्खामा झुण्डिएको भनी खबर गरिएको थियो, तत्काल प्रहरी टोली घटना स्थलमा पुगेको थियो । प्रहरीको भनाइ अनुसार प्रहरी टोली घटना स्थलमा पु्ग्दा मृतक झुण्डिएको अवस्थामा थिएन, झुण्डिदा प्रयोग भएको सल मात्रै पङ्खामा झुण्डिएको फेला परेको थियो । उता मृतकलाई खाटमा राखिएको अवस्थामा फेला पारिएको थियो । यसर्थमा युवतकिो मृत्यु रहस्यमय भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका हुन ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए अनुसार मृतकको माइती पक्षले मृत्यु शंकास्पद भएकोले अनुसन्धानको लागि निवेदन दिएका छन । उनले भने माइती पक्षले शंका भयो, अनुसन्धान गरिपाउँ भनि निवेदन दिएका छन हामि मिहिनढंगले अनुसन्धान गर्छौ । डिएस्पी बस्नेतले घटनाको बारेमा बोल्दै भने हत्या हो कि आत्माहत्या हो भनेर हामि सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ । हामि सबै पक्षबाट अनुसन्धान गर्छौँ । पोष्टमार्टम रिपोर्ट पनि आउन बाँकी छ त्यस पछि जे भएको हो त्यहि आउँछ । उनले थपे घरपरिवार सबैसँग सोधपुछ, अनुसन्धान राम्रो गर्छौँ ।

यता सोनीको श्रीमानको परिवार भन्छन हिजो बिहान उनलाई खाना खान बोलाउँदा नबोलेपछि ढोका फोडेर हेर्दा सलले पङ्खामा झुण्डिएको अवस्थामा भेटेको हो । उनिहरुले दिएको बयान अनुसार पङ्खामा झुण्डिएको अवस्थामा रहेकि सोनीलाई देवरले समातेर उचालेको र छिमेकी एक महिला आएर सलको पाशो खोलेको बताइएको छ । घटनाको बारेमा माइती पक्षलाई जानकारि गराएपछि अफुहरु नआएसम्म शव नउठाउन भनेपछि हिजो दिनभरि र रातभरी प्रहरीले घरमै रुघेर बसेको थियो । आज मंगलवार माइती पक्ष आएपछि मात्र शवको सर्जिमिन मुचुल्का उठाइएको थियो । माइती पक्षबाट मृतकको काका र दाजु धरान आएका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.