मेयरको राजिनामाको माग गर्दै राष्ट्रिय युवा संघ धरानले वन निर्देशनालय र सव डिभिजन कार्यालयमा ज्ञापन पत्र बुझायो

भाद्र २३, २०७७ – नेकपा भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले धरान उपमहानगरपालिकाका मेयर तिलक राईको राजिनामाको माग गर्दै नारावाजी गरेका छन । धरान २० स्थित भालुढुङगा सामुदायिक वन भित्रको सखुवाको रुख काटेको विषयलाई लिएर उक्त नारावाजी गर्दै सव डिभिजन वन कार्यालय तिनकुनेमा र वन निर्देशनालय धरान १३ मा ज्ञापन पत्र बुझाएका छन ।

गत भदौ १३ गते मेयरको निर्देशनमा भालुढंगा सामुदायिक वन भित्र अबैधरुपमा सखुवाको रुख काटिएकोमा उक्त तस्करी कार्यमा संलग्नलाइ कारवाहिको माग गर्दै उक्त विज्ञप्ती बुझाएको हो । यसका साथै युवा संघ नेपालले तस्करि मेयर चाहिँदैन, काठ तस्करीलाई कारवाहि गर, काठ तस्करी मेयर राजिनाम दे भन्दै नाराबाजी गर्दै र्याली प्रदर्शन गरेका थिए । विषेश गरेर राष्ट्रिय युवा संघ नेपालले सामुदायिक वन भित्र सखुवाको रुख मेयर तिलक राईको निर्देशनमा काटिएको विषयमा निष्पक्ष छानविन गर्दै दोषी माथि कडा कार्वाहिको ज्ञापन पत्र मार्फत माग गरेका छन ।

राष्ट्रिय युवा संघ धरान उपमहानगर समितिका अध्यक्ष विजय तामाङ र सचिव धिरेन लिम्बुद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा सामुदायिक वनमा काठ तस्करी रोक्न जनप्रतिनिधि लाग्नु पर्नेमा तस्करीमा अग्रसर रहेको भन्दै दोषीलाई कानुन अनुसार सजायको माग गरिएको छ । भालुढुंगा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगायत उपभोक्ता समुहको निर्णयले समेत मेयरको निर्देशनमा उक्त सखुवाको रुख काटिएको भनी नाम किटानी जाहेरी आइसकेको अवस्थामा वन सब डिभिजन कार्यालय धरानले कानुनी कार्वाहि माथि ढिला सुस्ती गरिएको भन्दै दोषीलाई चाँडो भन्दा चाँडो काुननको दायरमा ल्याइ कार्वाहीको माग उक्त ज्ञापन पत्रमा माग गरिएको छ । नाम किटान जाहेरी समेत परिसकेको अवस्थामा कार्वाहीमा ढिला सुस्ती भैरहँदा उक्त अबैध कार्यमा वन सब डिभिजन कार्यालयको समेत संलग्नता रहन सक्ने उक्त ज्ञापन पत्रमा उल्लेख छ ।

विज्ञप्ती

घटनाको सम्बन्धमा छानविन गर्न डिभिजन कार्यालय सुनसरीले सव डिभिजन कार्यलय अभिकृत राजेन्द्र प्रसाद यादवको संयोजकत्वमा छानविन समिती गठन गरेको छ । आज मात्रै डिभिजन वन कार्यालयले आफुलाइ छानविन अधिकारीको जिम्मेवारी दिएको छ अब छानविन गरि दोषिमाथि कारवाहि गर्ने यादवले प्रतिबद्ध गरेका छन । युवा संघ धरानका अध्यक्ष विजय तामाङले अबैध रुख कटान गर्ने कार्यमा संलग्न मेयरलाई कारवाहिको जोडदार माग समेत गरेका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.