मल नल्याउने ठेकेदारलाई कारवाही सुरु भयोः कृषिमन्त्री भुसाल

भाद्र २१, २०७७ – समयमा मल आपूर्ति नगरी लापरवाही गर्ने ठेकेदार कम्पनीसँग ठेक्का रद्द र धरौटी जफत गरिएको छ । ताेकीएकाे समयमा मल आपूर्ति नगरी लापरवाही गर्ने ठेकेदार कम्पनीकाे ठेक्का रद्द र धरौटी जफत गरिएको कृषिमन्त्री घनश्याम भुसालले बताएका छन्।

आइतबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्री भुसालले समयमा मल नल्याउने कम्पनीमाथि कारबाहीका लागि अन्य कानुनी प्रक्रिया शुरु गरेको जनाएका छन्।

‘मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापरवाहीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको छ,’ भुसालले भनेका छन्, ‘उनीहरुसँग भएको ठेक्का रद्द गरिएको छ, धरौटी रकम जफत गरिएको छ र कानून बमोजिम अन्य कारबाहीको प्रक्रिया आरम्भ भएको छ।’

मन्त्रालय अन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडसँग २५–२५ हजार मेट्रिक टन मल ल्याउने ठेक्का परेका शैलुङ इन्टरप्राइजेज र होनोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का रद्द गरिएको हो।

मल ल्याउनका लागि राखिएको दुवै ठेकेदार कम्पनीको कूल ७ करोड ३२ लाख रुपैयाँ जफत गरिएको छ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.