नेपालमा काेराेना भाइरस संक्रमणबाट थप ४ जनाकाे ज्यान गुम्याे

श्रावण २८, २०७७ – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन । गएराति ललितपूर, सप्तरी, सुनसरी र रुपन्देही जिल्लामा एक एक जनाले ज्यान गुमाएका छन । याे सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ ।

ज्यान गुमाउनेमा जनकपुरकी २८ वर्षीया महिला यही साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी थिइन् । उनको पाटन अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे हाे । स्वास्थ्य कार्यालय ललितपुरकाे अनुसार उनको मृत्यु बुधबार भएको हाे ।

त्यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नंबर ८ घर भई राजविराज बस्दै आएका ७५ वर्षिय बृद्धको गएराति मृत्यु भएको हो । चार दिनदेखि ज्वरो आएपछि कोरोना परीक्षण गर्दा उनको रीपोर्ट पोजेटीभ आएको थियो । संक्रमण पुष्टी भएपछि शाहि कृष्ण अस्पतालको आईसोलेसनमा लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यसै गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान एक संक्रमितले ज्यान गुमाएका छन । मोरङको बुढिगंगा गाउँपालिका २ का ५५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन ।

उता, बुटवलमा पनि गएराति एक संक्रमितले ज्यान गुमाएका छन । बुटवल धागो कारखानाको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुमा ४२ बर्षीय पुरुषको मृत्यु भएको हो । गत आइतवार अस्पताल भर्ना गरिएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.