हिजो भएको आगोलागीमा भौतीक संरचना बाहेक ८ लाख बराबरको क्षती

श्रावण २१, २०७७ हिजो राती करिब ९ बजे तिर धरान १३ स्थित शिवधारामा एक घरमा आगो लागि भएको छ । उक्त आगलागीले ठुलो धनजनको क्षेती पुर्याएको छ ।

धरान १३ इन्द्रेणी चौक शिवधारामा गंगा लिम्बुको घरमा आगोलागी भएको हो । विजुली बत्ती नभएकोले कोठामा सानो मैन बत्ती बालि भान्सामा काम गर्न गएको बेला सो मैन बत्तीबाट आगोलागी भएको पिडितको भनाइ छ । म मैन बत्ती बालेर भान्सामा काम गर्न गएँ, खाना खाएर बाहिर निस्किन्दा पो आगो त धुरी सम्म पुगेको रहेछ उनले भनिन । मैन बत्ती राखेको ठाउँमा हावाले पर्दा उडाएको बेला मैनबत्तीको आगोले भेटेको हुन सक्ने उनको भनाइ छ ।

साधरण खुद्रा पसल पनि चलाउँदै आएको उक्त घरमा पसलको सामान, केही नगद रकम र अन्यसामानहरु गरि भौतिक संरचना बाहेक लगभक ७÷८ लाख बराबरको क्षेती पुगेको पिडितको भनाइ छ । एक्कासी आगोले ठुलो रुप लिइसकेको कारण आवश्यक कागजात साथै अन्य समान केहि पनि जोगाउन नपाइएको उनले बताइन । अहिले सिर्फ यो लाको कपडा बाहेक केहि पनि नरहेको पिडित बताउछिनख । भित्रभित्रै आगो बढेकोले घर भित्रको कुनै पनि सरसामान जोगाउन नसकेको प्रत्यक्षदर्शी बताउँछन । दमकल त बोलाउनु साथै उपलब्ध भएपनि घर देखि सबै सामान जलेर नष्ट भइसकेको छिमेकिहरु बताउँछन ।

विहान करिब ११ बजे देखि नै विजुलीको लाइन नभएकोले पटकपटक विद्युत प्राधिकरणलाई जानकारि गराउँदा पनि प्राधिकरण नआएको उक्त टोलवासी बताउँछन । अन्यठाउँ विजुली बत्ती आएको तर आफ्नो ठाउँ विजुली बत्ती नभएकोल तत्काल प्राधिकरणलाई खबर गरिएको तर उनिहरुले खबरको सुनुवाइ नगरेको पिडितहरुको गुनासो छ । पिडित गंगाको छिमेकि जितेश देवान भन्छन यदि विद्युत प्राधिकरण खबर पाउनु लगत्तै आएर उक्त विद्युत समस्याको हल गरिदिएको भए यो समस्या निम्तिीने थिएन । तर प्राधिकरणले भने हाम्रो गुनासोलाई वेवास्ता गरेकोले आज यो समस्या भोग्नु परेको उनको भनाइ छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.