१४ दिन लकडाउन विराटनगर

श्रावण १६, २०७७ – कोरोना संक्रमणको जोखिम न्युनिरकरणका लागी विराटनगर महानगरपालिकाले २ साताको लागी लकडाउन गर्ने भएको छ । आज शुक्रबार मध्यरातबाट १४ दिनका लागी लकडाउन हुने भएको हो ।

यसअघि विराटनगर महानगरपालिकाले समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको बताउँदै गत सोमबारबाट अर्को सूचना नभएसम्मको लागी आवश्यक सेवा बाहेक अन्य सबै सार्वजनिक सेवाहरू बन्द गरेको थियो । विराटनगरमा पछिल्लो समयमा ट्राभल हिष्ट्री नभएका व्यक्तिहरुलाई पनि संक्रमण देखिन थालेपछी समुदाय स्तरमा नै संक्रमण फैलिएको आशंका गरिएको छ । आज मात्रै थप १० जनामा कोरोना पुष्टि भएको छ भने विराटनगर महानगरपालिकाभित्र मात्रै संक्रमितको संख्या १ सय ९ पुगेको छ ।

महानगर स्तरीय कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को आज बसेको बैठकले लकडाउनको विकल्प नरहेको निष्कर्ष निकालेको हो । कोरोनाको संक्रमण महानगर भरी फैलन नदिन तथा बाहिर नजाओस भनि लकडाउन गर्ने तयारी भएको हो । लकडाउनका बेला विराटनगर छिर्ने सबै नाकामा उच्च सुरक्षा सतर्कता बढाइने छ । आज मात्र सामाजिक विकास मन्त्रालयको बैठकले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने निर्णय गरेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.