आजबाट धरानमा युरोपियन स्टडी हब सञ्चालनमा

श्रावण १५, २०७७ – विदेशमा उच्च शिक्षामा जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर धरानमा युरोपियन स्टडी हव आजबाट सञ्चालनमा आएको छ । कार्यक्रमका प्रमुख अतिथि भाषाविद प्रा.डा. टंक प्रसाद न्यौपानेले रिबन काटेर हबको उत्घाटन गरेका थिए ।

धरानमा बैदेशिक शिक्षाको लागि जाने विद्यार्थी धेरै र बैदेशिक शिक्षाको बारेमा विद्यार्थीहरुलाई परामर्शको लागि कन्सलटेन्सी भने पर्याप्त नभएको भन्दै युरोपियन स्टडी हवलाई सञ्चालनमा ल्याएको उक्त हबका म्यानेजिङ डाइरेक्टर कबिर चौहानको भनाइ छ । धरान तथा धरान आसपास अन्य ठाउँको विद्यार्थीहरुलाई बैदेशिक शिक्षाको परामर्शमा सहजताको लागि करियर मेकर कन्सल्टेन्सी प्रा.लि. काठमाण्डौको फ्रेन्चाइजको रुपमा धरानमा युरोपियन स्टडी हब सञ्चालनमा ल्याएको उनले बताए ।

अस्ट्रेलिया, युके, क्यानाडा र युरोपियन सेनजेन सबै राष्ट्रहरुमा उच्च शिक्षाको बारेमा परामर्श यो हबले दिनेछ । युरोपको मात्र ५० भन्दा माथि संख्यामा विश्वविद्यालयसँग यस हबले सम्बन्धन प्राप्त गरेको छ । विश्वविद्यालय तहको सबै विषय लगायत एसइइ उतिर्ण विद्यार्थीहरुको लागि पनि डिप्लोमा तहको पढाइको बारेमा परामर्श गरिनेछ ।

हबका सिइओ गणेश चौहानको अध्यक्षतामा गरिएको उक्त उत्घाटन समारोहमा प्रमुख अतिथि भाषाविद टंक न्यौपानेले भने प्रदेश १ कै शिक्षाको केन्द्रको रुपमा रहेको धरानमा बैदेशिक शिक्षाको बारेमा यस्ता कन्सल्टेन्सी कमिको महसुस भएको थियो युरोपियन स्टडी हबले उक्त आवश्यकता पुर्ति गरेको छ । धरान तथा धरान आसपासका विद्यार्थीहरु बैदेशिक शिक्षाको लागी परामर्श मात्र लिन पनि धरान देखि टाढा जानुपर्ने अवस्था थियो अब यसको लागि टाढा जानु नपर्ने देखिएको छ, प्रमुख अतिथि न्यौपानेले बताए । यसै क्रममा उनले थपे हरेक व्यवसाय गरिन्छ नाफा कमाउने उद्देश्यले नै हो तर यस कन्सल्टेन्सीले अधिकतम नामाको प्रलोभनमा विद्यार्थीहरु फसेको सुन्न नपरोस न्युनतम नाफामा विद्यार्थीले सहि गन्तव्य पाउन भन्दै सफलताको शुभकामना दिए ।

कार्यक्रममा धरानका जनप्रतिनिधि तथा शिक्षा क्षेत्रको वुद्धिजीवीहरुको बाकुलो उपस्थिति रहेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.