धरानमा सर्वदलीय बैठकले यस्ताे निर्णय गर्याे, एम्बुलेन्स र सव बाहन व्यवस्थाको विषयमा भोली बैठक बस्दै

श्रावण १५, २०७७ – विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन नेपाल सरकारले खुकुलो गरेसँगै कोरोना भाइरस संक्रमण सामुदाय स्तर सम्म पुगेको भन्दै धरान उपमहानगरपालिकामा यस विषयमा प्रमुख जिल्ल अधिकारी, प्रहरि प्रशासन, चिकित्सक र राजनीतीक दलहरुको बैठक बसेको छ । उक्त बैठकले खाद्यन्न र औपधि पसलबाहेकका अन्य पसल बिहान ९ देखि बेलुकी ५ बजे सम्म मात्र खोल्न दिने निर्णय गरेको छ ।

निर्णयहरू

बैठकले होटल तथा रेस्टुरेण्टको हकमा भने प्याकेजिङको लागि मात्र खुल्ला हुने निर्णय गरेको छ । यसका साथै खुल्ला भएका पसलहरुमा पनि सामाजिक दुरि कायम गर्ने, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्नु पर्ने नियमन गर्ने भएको छ । सार्वजानिक यातायातको हकमा भने नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्र सञ्चालन हुने व्यवस्था गरेको छ । यससँगै कोरोना संक्रमित ओसार पसार र संक्रमणबाट ज्यान गुमाएकालाई व्यवस्थापनका लागि भोली ११ बजे एम्बुलेन्स चालक र सव बाहन चालकसँग संयुक्त बैठक बस्ने भएको छ ।

निर्णयहरू

धरान उपमहानगरको मुख्य नाकाहरुमा यातायातका साधनहरुमा सरकारले तोकेको सुरक्षाका नियमहरु अपनाएको छ छैन भनि प्रभावकारी अनुगमन गरिने भएको छ । यसको लागि धरानको प्रत्येक नाकाहरुमा प्रहरी प्रशासन र नगरपालिका सुरक्षा संयन्त्रको समन्वयनमा अनुगमन गरिने छ । आज बसेको बैठकको निर्णय भोली देखि लागु ह्ुने गरि आवश्यक प्रचारप्रसार थालिएको धरान उपमानगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताएका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.