वीपी प्रतिष्ठानमा लकडाउन, अत्यावश्यक काममा मात्र आवास बाहिर जान निर्देशन

श्रावण १४, २०७७ – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानभित्र आज बिहिबार देखि अर्को सूचना नआएसम्मको लागी लकडाउन गरिएको छ ।

प्रतिष्ठान रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी द्वारा हस्ताक्षरीत सूचनामा लकडाउन गरिएको उल्लेख छ । सुचनामा आवास र छात्रवास प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा तिनका परिवार लगायत विद्यार्थीहरुलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवास बाहिर नजान निर्देशन दिइएको छ । प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा सुरक्षाकर्मीद्धारा कारबाही हुने पनि सुचनामा उल्लेख छ ।

प्रकाशित सुचना

यसैगरि, प्रतिष्ठान बाहिर वा अन्यत्र स्थान वा जिल्ला जानु परेमा पुर्वस्वीकृति लिएर मात्र जानु पर्नेछ । पुर्वस्वीकृति नलिएको पाइए कानुन वमोजिम कारबाही हुने चेतावनी दिइएको छ । प्रतिष्ठानको शिक्षक कर्मचारीहरूलाई आआफ्नो काममा आउँदा स्वास्थ मापदण्ड पुरा गर्नुपर्ने उल्लेख छ ।

रजिष्ट्रार डा. रेग्मीका अनुसार अस्पतालमा उपचारको लागि आउने विरामी तथा तिनका कुरुवाहरुलाई पनि कडाई गरिने तथा गेटबाट पनि प्रवेश गर्ने टेम्पो वा सफारीहरुलाई टाइम कार्ड दिइनेछ । ‘सार्वजनिक सवारीहरुका लागी १० मिनेटको टाइम कार्ड प्रदान गर्नेछाै ।’ उनले भने, ‘लकडाउन आवासिय क्षेत्रको लागि हो भन ओपिडी चलिरहेको छ, त्यहाँ पनि सुरक्षाको मापदण्ड कडाईका साथ लागु गरिनेछ ।’ कम्तिमा एकसाताको लागी पहिलो चरणमा निगरानी गरिने रजिष्ट्रार रेग्मीले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.