धरान ३ स्थित पालिका बजा लागेकाे आगलागीले ५० लाख भन्दा माथि क्षती

श्रावण १२, २०७७ – धरान–३, चिनिया चोक स्थित पालिका बजारमा आज बिहानै भएको आगलागीमा परेर ११ वटा पसल जलेर नष्ट भएको छ भने ५० लाख भन्दा माथिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीमा परेर रमा चौहान खतिवडा, ओशिन तामाङ, निरा निरौला, सविना खनाल बेगा, इन्दिरा श्रेष्ठ, कल्पना तामाङ, अनिता आचार्जु, पदमबहादुर श्रेष्ठ, लालबहादुर राई, यमकुमारी सेन्चुरीको पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ । यता सुरेन्द्र चाैधरीको पसलमा भने आंशिक क्षति पुगेको छ । धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानियको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

पालिका बजारमा भएको होटलमा रहेको फ्रिजमा विधुत सर्ट भइ संगै टासिएको चौहानको कस्मेटिक पसलबाट आगलागी सुरू भएको वडा नं. ३ का अध्यक्ष आशबहादुर श्रेष्ठले जनाएका छन । कस्मेटिकमा भएको स्पिरिटका कारण आगो छिट्टै सल्किएर ठुलो क्षति भएको उनले बताए । आगलागीको क्षतिपुर्तिका लागी धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यलय धरान, वडा नं. ३, उधोग वाणिज्य संघ, भानु सब्जी व्यवस्थापन समितीको संयुक्त बैठक बस्ने भएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.