अवैध औषधीको कारोबार गर्ने धरानबाट एक युवा पक्राउ

श्रावण २, २०७७ – चिकित्सकको स्विकृती बिना अवैध औषधीको कारोबार गर्ने धरान ५ देउरालीका २७ वर्षिय सुवास राईलाई प्रहरीले पक्राउ गरेको छ । राईको साथबाट ट्रामाडोर हाइड्रोक्लोराइड ३ सय ८३ चक्की र स्पाज्मिड ३ सय २२ चक्की औषधी बरामद भएको छ ।

अवैध औषधीको कारोबार गर्ने विशेष सुचनाको अधारमा हिजो साँझ ६ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । राई बस्ने गरेको घरको कोठा खानतलासी गर्दा कोठा भित्र टिनको बाकसमा रहेको हाते झोलामा औषधी भेटिएको थियो । पक्राउ परेको राईलाई आज नै आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर मोरङमा पठाईएको डिएसपी बस्नेतले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.