दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले धरान उपहानगरपालिका कार्यालयमा तालाबन्दीको प्रयास

असार ३१, २०७७ – धरानमा दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समितिले जनताको माग पुरा गरि लोकतान्त्रिक रक्षा गर भन्ने नाराका साथ धरान उपमहानगरपालिका अगाडी धर्ना दिएका छन । धर्ना सँगै उक्त समितीले ९ बुदे माग पत्र बुझाउने तयारीमा रहेको थियो । तर धरान उपमहानगरपालिकाको जनप्रतिनिधि अनुपस्थितीको कारण धर्ना मात्र भएको थियो ।

जनताप्रति जवाफदेहिता नभएको भन्दै उक्त संघर्ष समितिले नगरपालिका कार्यालय तालाबन्दी गर्न खोज्दा प्रहरीले अबरोध गरी तालाबन्दी रोकिएको थियो । सबै वर्गका जनताले तिर्न सक्ने सस्तो–सुलभ मुल्यमा स्वच्छ र पर्याप्त खानेपानी माथिको धरानबासीहरुको अधिकारलाई मुखारित गर्दै गत पुुुस र माघमा बुझाइएको ज्ञापन पत्रलाई वास्त नगरी एकलौटी निर्णय गरेको आरोप उक्त माग पत्रमा उल्लेख गरिएको छ । यहि असार १० गतेको नगर सभामा पास परिएको खानेपानी नीती तथा कार्यक्रम प्रति आपत्ति जनाउँदै उक्त माथ पत्रमा विगतमा बुझाइएको मागपत्र मार्फत जनताका आवाज र जनताको मागलाई अवमुल्य गर्दै खानेपानी संस्थानलाई बोर्डमा जबर्जस्ती गाभेर महशुल बढाउने निति ल्याएको आरोप छ ।

आज तयार पारिएको ९ बुदे माग पत्रमा एडिभि बाट ल्याएको ऋण, नेपाल सरकारको अनुदान र धरान उपमहानगरपालिका सहभागित सहितको ३ अर्ब २९ लाख रुपैयाँ लागतमा संचालित आइयुडिपी परियोजना कुन–कुन शिर्षकमा कतिकति खर्च भयो भन्ने स्पष्टिकरण मागिएको छ । यसैगरेर आइयुडिपि खानेपानी आयोजनाले भुमिगत श्रोतबाट दैनिक १ करोड ५२ लाख २० हजार लिटर खानेपानी उत्पादन गर्नुपर्नेमा सम्पुर्ण भुमिगत पानी उत्खनन आयोजना नै असफल भएकोले उक्त परियोजना असफल भएको सार्वजानिक सहित दोषि उपर कार्बाहिको माग गरिएको छ । यसका साथै खानेपानीको चर्को महशुल, बोर्डको गठन र आइयुडिपी लाई पैसा बुझाएको ४/५ पर्ष वितिसक्दा पनि जनताले धारा नपाएको गुनासोको सुनुवाइको माग राखिएको छ ।

कार्यक्रममा बोल्दै उक्त संघर्ष समितीका संयोजक हर्क साम्पाङले धरान उपमहानगरपालिका कार्यलय जनताको जनप्रतिनिधि बस्ने घर नभएर जनावर बस्ने घर भएकोले चिडियाखाना संज्ञ दिएका छन । जनताको कार्यपालिका नभएको र चिडिखाना भएकोले उक्त घरमा तालाबन्दी गर्न खोजिएको उनले बताए । यससँगै उनले भने १० दिन पहिले नै आजको मितिमा माग पत्र लिएर संघर्ष समिति नगरपालिका आउँने जानकारि दिएका थियौँ तर आजकै दिन हाम्रो अनुरोधको अवमुल्य गर्दै नगर सभा गरेको छन । यो सरासर जनताको माँगप्रतिको अवमुल्य भएको उनले बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.