प्रशान्त मुदेल उपचार सहयोगार्थ नगद प्रदान

असार २८, २०७७ – मलद्वार बन्द हुने रोगबाट ग्रसित धरान ६ का ७ वर्षिय बालक प्रशान्त मुदेलको उपचारको लागी होप धरान द्वारा संकलित नगद आइतबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ ।

युके स्विडेन हेल्पिङ ह्यान्डसका सोभिन सुब्बाले संकलन गरेको २१ हजार नगद साथमा धरान १५ श्यामचोक व्यवस्थापन समुहबाट ६ हजार ५ सय र केन्ट फेलयर बारटेन्डिङबाट ५ हजार गरी कुल ३२ हजार ५ सय नगद मुदेलका बुवा प्रकाश मुदेललाई आज प्रदान गरिएको हो । युकेबाट भने सोभिन सुब्बाले ६ हजार ७ सय ५०, निर्मला देवानले ७ हजार ५ सय, पम्फा माया राईबाट ४ हजार ५ सय र सावित्री राईबाट २ हजार २ सय ५० रूपैँया संकलन भएको हो । नगद राष्ट्रिय गायक दिप श्रेष्ठ र युकेका अभियन्ता सोभिनका दिदी शोभा सुब्बाले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

धरान ६ पानबारीका बालक मुदेलको मलद्वारको पहिलो शल्यकृया सफल भएको छ । होप धरानले बालकको उपचारको लागी अभियान चलाएकोमा विभिन्न सहयोगीहरुबाट १ लाख ५३ हजार ५ सय ७० रूपैँया संकलन भएको थियो । बालक मुदेलको दोस्रो चरणको शल्यकृया उनको स्वास्थ स्थिती हेरी ६ महिनापछि हुने बताइएको छ । ६ महिना पछि स्टोमा क्लोजर मलद्वार खोलिने शल्यकृया रहेको चिकित्सकले बताएका छन ।

हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी धरान संगित प्रतिष्ठानका अध्यक्ष सुर्वण श्रेष्ठले सामाजिक संजालको माध्यमबाट अभियान चलाई सहयोग गर्ने चलन होप धरानबाट सुरूवाद भएको स्मरण गरेका थिए । यसरी सामाजिक संजाललाई सदुपयोग गरी निरन्तर रूपमा सामाजिक कार्य गर्नका लागी उनले आग्रह समेत गरेका थिए ।

एघार महिना अघि साउन २३ गते ९ जनाको सदस्यमा सुरू भएको होप धरान हाल ४० सदस्य आवद्ध रहेको होप धरानका अध्यक्ष निश्चल पलिखेले बताए । यो एउटा सफलता रहेको बताउँदै कुनै पनि सहयोग नपुगेको ठाउँमा होप धरानको उपस्थिती रहने उनले जनाए । ‘होप धरान सहयोग दाता र पिडित बिचको पुलको रूपमा काम गर्ने संस्था हो ।’ उनले भने, ‘दाताहरूलाई कुन ठाँउमा कसलाई सहयोग गर्ने, त्यो सहयोग आवश्यक व्यक्तिलाई पुग्ने कि नपुग्ने लगायतको दुविधा मेटाउने काम गर्ने गरेका छाै ।’

कार्यक्रममा नै कोभिड १९ को सुरूक्षार्थ सुनसरीका पत्रकारहरूका लागी ३ सय थान मास्क समेत प्रदान गरिएको थियो । उक्त मास्क नेपाल पत्रकार महासंघका सहसचिव दिनेश गजमेरले ग्रहण गर्दै सुनसरीका सबै कृयाशिल पत्रकारहरूमा मास्क पुर्याउने प्रतिबद्धता जनाए । हस्तान्तरण कार्यक्रममा होटल एसोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई, कार्यक्रम संयोजक मेरिन भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.