एकदिने मिडिया कानुन सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

cसार २७, २०७७ – रूपान्तरण नेपालको आयोजनामा एकदिने मिडिया कानुन सम्बन्धी अन्तरकृया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । धरान ७ स्थित रत्न इन होटलमा भएको कार्यक्रममा पत्रकारहरूका लागी संचार सामाग्री समेत वितरण गरीएको थियो ।

प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रमको सहयोगमा भएको उक्त कार्यक्रममा मिडिया कानुन सम्बन्धी जानकारी ब्लाष्ट टाइम्सका सम्पादक किशोरकुमार कार्कीले दिएका थिए । विशेष गरी लकडाउनका बेला कोरोना संक्रमितको रिपोर्टिङ गर्दा अपनाउनुपर्न गोपनियता, बढिरहेको आत्महत्याको सुचना दिँदा ध्यान दिनुपर्ने कुरा लगायतको विषयमा विशेष छलफल चलेको थियो । यस्तै, कार्कीले नेपालको संविधानमा रहे अनुसार मिडिया कानुन र आचार संहिताले के बताउँने बारेमा जानकारी समेत गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले हालको बन्दाबन्दीको परिस्थिती स्मरण गर्दै देशको विषम परिस्थितीका बेला सुचना सम्प्रेशन गर्दा अन्य बेला भन्दा बढी संवेदनशिल हुनेपर्ने बताए । यस्ता परिस्थितीमा मिडियाले आचार संहिताको उच्चतम विन्दुमा रहेर निष्पक्ष रिपोर्टिङ गर्नुपर्ने चुनाैती रहेको बताउँदै यसको लागी प्रदेश सरकारले यस कार्यक्रममा सहयोग गरेको बताए । पत्रकारहरूको पेशामा प्रत्यक्ष सहयोग हुने यस प्रकारको अन्तकृया कार्यक्रमहरूका लागी आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने भण्डारीले बताए ।

पत्रकारहरूका लागी मिडिया कानुन र आचार संहिता सधैव आवश्यक पर्ने बताउँदै कार्यक्रमको आयोजना गरीएको रूपान्तरण नेपालका अध्यक्ष सविता चाम्लिङले बताइन । फिल्डमा खटिरहेका पत्रकारहरूका लागी पुर्नताजगी हुने र नयाँहरूका लागी महत्वपूर्ण जानकारी हुने विश्वास लिएको उनले बताइन । कार्यक्रममा पत्रकारहरूका लागी संचार सामाग्री अर्न्तग प्रेस ज्याकेट, मास्क र डायरी समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा नेकपा धरानका सचिवालय सदस्य राजमणी निराैला, नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष काफ्ले, अग्रज पत्रकार तथा लेखक जनकऋषि चाम्लिङ, प्रेस संगठका केन्द्रिय सदस्य देवेन्द्र कार्की लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई नेपाल पत्रकार महासंघका प्रदेश पार्शद रणध्वज लोहारले संचालन गरेका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.