अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्फलाई आगामी निर्वाचनमा र्यापर कान्ये वेष्ट टक्कर दिँदै

असार २३, २०७७ – संयुक्त राज्य अमेरेकाको राष्ट्रपति पदका लागि हुने आगामी निर्वाचनमा र्यापर गायक कान्ये वेष्टले उम्मेद्धारी दिने भएका छन । यहि वर्ष हुन लागेको अमेरिकी राष्ट्रपति पदको लागि चर्चित र्यापर गायक कान्येले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्फलाई टक्क दिने भएको हुन । उनि राष्ट्रपति ट्रम्फको प्रसंसक पनि रहेको विभिन्न मिडियामा उल्लेख गरिएको छ ।

उनको यो उम्मेद्धारीलाई उनको श्रीमती किम कार्दशियन वेष्ट र उद्यमी एलोन मस्कले समर्थन गरेका छन । आफु संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि दावी गर्ने उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिँदै भने अमेरिकीसमक्ष दिएका बाचाहरु पुरा गर्ने बताएका छन । उनले भगवानप्रति भरोसा गर्दै हाम्रा लक्ष्यहरुलाई एक गर्दै सुन्दर भविष्यको निर्माणमा एकमात्र हुने समय आएको बताएका छन ।

उनको यो चर्चा भने पहिलो पटक होइन ह्वाटहाउसका लागि उनले विगतमा पनि दावी गर्ने भन्दै चर्चामा आएका थिए । यसर्थ कान्ये साँच्चिकै राष्ट्रपति पदका लागि मैदानमा उत्रने छन त ? यो कुरामा भने धेरैले आशंका गरेका छन । उनले २०१५ को एमटिभि म्युजिक अवार्डमै २०२० का लागि राष्ट्रपति पदमा उम्मेद्धारी दिने घोषणा गरेका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.