को बन्ला नयाँ आइजीपी, आज मन्त्रिपरिषदको बैठकले टुंगो लाउने

असार २३, २०७७ – नेपाल प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञावलीको कार्यकाल सकिनै लाग्दा अब को बन्ने त प्रहरि प्रमुख भन्ने विषये मन्त्रलयमा चर्चा पाउनु स्वाभाविकै हो । भोली नै प्रहरि प्रमुख ज्ञावलीको कार्यकाल सकिदैँछ । ज्ञवालीले ३० वर्षे सेवा अवधिको कारण भोलीबाट अनिवार्य अवकाश पाउनेछन ।

गत फागुन देखि प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । त्यसैले अब आउने प्रहरी प्रमुखको अवधि २१ महिनाको हुनेछ भने नयाँ आइजीपीले २०७९ बैशाख १९ सम्मको लागि कार्यभार सम्हाल्नेछन । अहिले प्रहरी प्रमुखको दौडमा प्रहरि अतिरिक्त महानिरिक्षक एआइजीपीद्धय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल रहेका छन ।

यसै विषयमा केन्द्रित रहेर आज मन्त्रिपरिषदको बैठक बस्दैछ । आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरिको नयाँ प्रमुख चयन गर्नेछ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.