धरान १४ मा एक व्यक्ति मृत अवस्थामा फेला परे

असार २३, २०७७ – धरान १४ तल्लो हात्तीसारमा आज बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । धरान १ मा बस्दै आएका ४१ बर्षिय जितेन राई मृत फेला परेका हुन् ।

इलाम घर भइ राई विगत १८ वर्ष देखि धरान १ स्थित ससुरालीमा परिवार सहित बस्दै आएका थिए । उनकाे छिमेकीले बताए अनुसार उनि काठको मिस्त्री काम गर्थे । मृतकको मुखबाट रगत आएको तर शरिरमा भने कुनैपनि घाउ चोट नदेखिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन । डिएसपी बस्नेतले बताए अनुसार मृतकको शव घोप्टो परेको अवस्थामा भेटिएको छ ।

सुचना पाए लगत्तै घटना स्थलमा इलाका प्रहरीको टोली पुगेर घटनाको मुचुल्का उठाइ शवलाई पोष्टमोर्टमको लागी विपी प्रतिष्ठान पठाइएको डिउसपी बस्नेतले बताए । मृत्युको कारण खुल्न नसकेकोले अनुसन्धान शुरु गरेको उनले बताए । मृतक राईको १७ र ५ वर्षिय दुई छोरा रहेका छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.