धरानमा ९८ औ अन्तराष्ट्रिय सहकारी दिवस मनाइयो, नगर सहकारी समन्वय समितीको कार्यलय स्थापनका लागी नगद संकलन गर्ने सहमती जुट्यो

असार २१, २०७७ – धरानमा हिजाे शनिबार अन्तराष्ट्रिय सहकारी दिवस मनाइएको छ । काेराेना संक्रमण राेकथा तथा नियन्त्रणका लागी गरिएकाे लकडाउनकाे मापदण्ड अपनाएरै उक्त दिन मनाइएकाे हाे । विशेष गरी धरान नगर सहकारी समन्वय समितीको कार्यालय स्थापन गर्ने विषयमा केन्द्रित रहेर नगर स्तरीय सहकारी भेला समेत एकैपटक सम्पन्न भएको छ ।

धरान नगर सहकारी समन्वय समिती र जिल्ला सहकारी संस्था लि. सुनसरीको संयुक्त आयोजनामा भएको कार्यक्रमबाट आउँदो साउनबाट धरान ९ मा समन्वय समितीको कार्यालय स्थापन गर्ने सहमती जुटेको छ । कोष नभएकाले कार्यलय संचालनका लागी जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष तथा वडा नं. १५ का अध्यक्ष नरेश इवारमले एकवर्षका लागी मासिक १ हजारको दरले सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै, जिल्ला सहकारी संघका १५ जना सदस्य तथा समन्वय समितीका २१ जना सदस्यले मासिक ५ सय, प्रारम्भिक सहकारी संस्थाले मासिक ३ सयको दरले सहयोग गर्ने सहमती जुटेको छ ।

कार्यक्रमका प्रमुख अतिथी इवारमले कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपनि लकडाउनको स्थिती केही खुकुलो हुँदै गएकोमा सुरक्षाको मापदण्ड अपनाएर कार्यक्रम गरिएको बताए । अन्तराष्ट्रिय सिद्धान्त अनुसार अन्य राष्ट्रहरू संगै नेपालमा समेत त्यही सिद्धान्तमा रहेर सहकारीहरू संचालन हुने गरेको छ । सहकारी एेन २०७४ अनुसार व्यवस्थित रूपमा चलेको सहकारीलाई लकडाउनले पनि कुनै समस्या नदिएको बताउँदै उनले सबै सहकारीलाई एन अनुसार चल्नका लागी आग्रह गरेका छन । तर लकडाउनका कारण धरानको अधिकांश सहकारीमा समस्या देखिएकोले यस्तो बेला एउटा सहकारीले अर्को सहकारीलाई साथ सहयोग गरी एक हुनका लागी समेत आग्रह गरेका थिए ।

कार्यक्रममा नै धरानको फुड बैंकमा सहयोग गरेका ५५ वटा सहकारीलाई प्रशंसा पत्र समेत वितरण गरिएको छ । कोभिड १९ को कारण समस्यामा परेको परिवारलाई राहत प्रदान गर्न स्थापना भएको फुड बैंकमा ५ लाख १८ हजार बराबरको खाधन्न प्रदान गरिएको थियो । धरानका सहकारी मध्यै पवित्र साकोसले सबैभन्दा बढी ६२ हजार नगद दिएका थिए । यस्तै, सुम्निमा साकोसले २५ हजार र उधमशिल साकोसले १५ हजार १ सय नगद प्रदान गरेको थियो ।

नगर सहकारी समन्वय समितीले समय समयमा सहकारी सम्बन्धी विभिन्न तालिम, सहकारी शिक्षा तथा सहकारीको समस्याको समेत सुनुवाइ गर्ने गरेको समन्वय समितीका संयोजक मिसन लामाले बताइन । यो कार्यलाई निरन्तरता समेत दिइने उनले बताइन । कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठ, महिला उपाध्यक्ष सारदा मगर, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष शिवराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई समन्वय समितीका सचिव ज्ञानेन्द्र बस्नेतले सहजिकरण गरेका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.