धरानमा एक व्यक्ति ठुलो परिणाममा लागुऔषध पक्राउ

असार १९, २०७७ – आज साँझ धरान ७ शान्तीपथबाट ठुलो परिमाणमा लागुऔषध सहित ४३ वर्षिय किसन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा चेक जाँच गर्ने क्रममा श्रेष्ठबाट कोरेक्स ७ बोतल, स्पास्मोपोक्सीवन २४ पत्ता, नाईट्रोजन २ सय ६० थान तथा नगद १ लाख ९६ हजार १ सय रूपैँया बरामद भएको छ । सशस्त्र प्रहरी बल धरानका नायक उपरिक्षक सुमन पोखरेलको कमान्डमा खटिएका सशस्त्र प्रहरी र ईलाका प्रहरी कार्यालय धरानका संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.