नेपाल यातायात मजदुर संगठनको स्थापन दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रम सम्पन्न

असार ९, २०७७ – नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४१ औँ स्थापना दिवसको अवसरमा आज धरानमा रक्तदान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । धरान उपमहानगरपालिका नगर कमिटिले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ११३ पिण्ट रगत संकलन भएको छ ।

यस सँगै आज स्थापना दिवसको अवसरमा संगठनले दिउँसो १५ जना मजदुरलाई राहत वितरण समेत गरेको थियो । राहतमा १० केजि चामल, नुन, तेल र दाल वितरण गरिएको मजदुर संगठन धरान कमिटि अध्यक्ष कमल भट्टराईले जानकारि दिएका छन । धरानमा नगर कमिटिले लकडाउनको कारण समस्यामा परेका करिब १ हजार २ सय मजदुरलाई राहत वितरण गरिसकेको उनले जनाए ।

अध्यक्ष भट्टराईको अनुसार संगठनको हरेक स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आइरहेकोले यसवर्ष पनि यो कार्यलाई निरन्तरता दिइएको हो । मजदुरहरुको हकहितको लागि स्थापना भएको संगठनले समस्यामा परेका मजदुरहरुलाई सहयोग समेत गर्दै आइरहेको उनले बताए ।

धरानकाे लोकतान्त्रिक चौतारिमा आयोजित रक्तदान कार्यक्रममा संगठनका केन्द्रिय सदस्य लक्ष्मी बानिँया, नेकपा धरान उपमहानगर कमिटि इन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङ, जिल्ला कमिटि सदस्य प्रकाश राई, नेपाल फाेटाे पत्रकार महासंघ सुनसरी अध्यक्ष विकास चाम्लिङ राई, नगर सचिवालय सदस्य पारस काङमाङ, राजमनि निरौला, धरान उपमहनगनरपालिका पर्यटन वोर्ड सहसंयोजक किशोर थुलुङ्ग, मजदुर संगठन प्रदेश १ उपाध्यक्ष रविन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.