धरानमा नाटक घर शिलान्यास भयाे (भिडियाे)

असार ४, २०७७ -धरान ८ स्थित सभागृहको दक्षिण पुर्वको दुई कठ्ठा जग्गामा निर्माण हुन लागेकाे प्रादेशिक नाटक घरको आज शिलान्यास भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा आज दिउँसो भएको कार्यक्रममा संघीय सांसद जयकुमार राईले नाटक घरको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमका बोल्दै सांसद राईले धरानमा नाटक घर अति आवश्यक भएको बताउँदै यसको सहज निर्माणका लागी सबैबाट साथ, सहयोग हुनुपर्ने बताए । उनले स्थानीयले शुरुमा विरोध गरेपछि छलफलबाट सहमति जुटेर निर्माण कार्यअघि बढेकोमा खुशी समेत व्यक्त गरेका थिए । सांसद राईले नाटक घर निर्माणमा आफ्नो र पार्टीको निरन्तर सहयोग हुने बताउँदै तीनै तहको सरकारको बजेटको लागी पहल गरिने बताए ।

धरानका मेयर तिलक राईको अध्यक्षतामा भएको कार्यक्रममा नाटक घर निर्माण अघि भएको विवादहरूको छलफलबाट सकारात्मक निकास निक्लेर निर्माणको थालनी भएको धरानको उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन । कलाकारहरूको लागी निर्माण हुन लागेको भातिक पूर्वाधारको लागी सबैले सहयोग गरिदिनुहुनका लागी समेत आग्रह गरीन ।

निर्माण उपभोक्ता समितिका संयोजक प्रेम सुब्बाले ८० वर्षको धरानको    कलाकारिताको इतिहास नाटक घर निर्माण पश्चान नयाँ युग प्रारम्भ भएको बताए । धरानको धेरै वर्ष देखिको आवश्यकता पुरा भएको जनाउँदै थिएटर हलको अभावमा कलाकारहरूले पाएको दुःख अबको पुस्ताबाट हट्ने बताए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.