धरानमा आज पनि आत्माहत्या घटना, आज धरान ११ मा एक महिलाले आत्महत्या गरिन
असार ३, २०७७ – आज पनि धरानमा एक जनाले झुण्डिए आत्माहत्या गरेको छ । धरान ११ मा एक महिलाले सलको पासो लागि आत्महत्या गरेकी छन ।
आज विहान करिब ६ बजे तिर ३२ वर्षीय गंगा रार्ई घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन । इलाका प्रहरि कार्यालय धरान टोली उक्त घटना स्थल गइ मुचुल्का उठाई शवलाई पोस्मार्टमका लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । मृतक राई अहिले सम्म अविवाहित रहेको र मानसिक सन्तुल समेत गुमेको प्रारम्भिक अनुसन्धानमा पाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनी मानसिक सन्तुलन गुमेको हुनाले बाटोमा अस्वभाविक व्यावाहार गर्ने गरेको स्थानीयले बताएका छन ।
धरानमा यो घटनासँगै लगातार ३ दिन तीन घटाना हो । धरान १३ मा सोमबार, धरान १४ मा मंगलबार आत्माहत्याको घटना घटेका छन ।