लद्दाखको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको पुष्टि

असार ३, २०७७ – भारतको लद्दाखमा भएको भिडन्तमा २० जना भारतीय सैनिक मारिएका छन । चिनियाँ सैनिकहरुसँग सोमबार भएको भिडन्तमा ३ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएको थियो । पछिल्लो भारतीय सैनिकको वक्तव्य अनुसार ती १७ जना घाइतेको मृत्यु भएको उल्लेख भएको छ ।

भारतीय र चिनियाँ सैनिकहरु बिच लद्दाखको गलवान इलाकामा भएको भिडन्त रोकिएको छ । सो इलाकामा दुवै पक्ष बिच सोमबार र मंगलवार रातमा भिडन्त भएको थियो । मंगलवारको भिडन्तमा मृत्यु भएको ३ मध्येमा एक जना एक वरिष्ठ सैनिक अधिकारि रहेका थिए ।

भारतीय सैनिकले सिमा नाघेर चिनियाँ सैनिकलाई आक्रमण गर्दा दुई पक्षका सिमा सुरक्षा बलबिच गम्भीर शारिरिक संघर्ष भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन । भारत पक्षले पनि केहि समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सैनिक प्रवेश गरेकोले विवाद बढेको बताएको छ । उता बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको कुनै पनि पुष्टि गरेको छैन भने यता भारतीय सेनाले चिनियाँ सैनिकहरु पनि हताहत भएको दावि गरेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.