निजी प्रयोशालालाइ कोरोना परिक्षणको अनुमती दिने निर्णय, परिक्षणको खर्च मन्त्रालयले बेहोर्ने

जेठ ३२, २०७७– कोरोना भाइरस परिक्षण गर्न निजि प्रयोगशालालाई पनि दिने सरकारले निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार अब स्वीकृत लिएर संकलन भएको नमुनाहरु प्रकृया पुर्याएर निजि प्रयोगशालालाई पनि परिक्षण गर्न दिइने छ । मन्त्रालयका प्रबक्ता डा. जगेश्वर गौतमको अनुसार निजि प्रयोगशालामा परिक्षण गर्दा लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले नै व्यहोर्नेछ ।

पछिल्लो समय सरकारी प्रयोगशालाहरुले परिक्षण धान्न नसक्ने भए पछि सरकारले निजी प्रयोगशालाहरुलाई समेत परिक्षणको लागि अनुमति दिने निर्णय गरेको हो । सरकारले कोरोना परिक्षणको दायरा बढाए पनि सरकारी प्रयोगशाला भने बढेको थिएन । अहिले सम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९ वटा निजि प्रयोशालाहरुले कोरोना परिक्षणको अनुमतिको लागि आवेदन दिएका छन । तर कुन कुन निजी प्रयोगशालालाई परिक्षण अनुमति दिइने भन्ने कुरा भने टुंगो लागी सकेको छैन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.