धरान १४ विजयपुर स्थित पुल मुनि एक युवक मृतक अवस्थामा भेटिए

जेठ २८, २०७७ – धरान विजयपुर स्थित सेउती पुल मुनि खोलामा एक युवा मृत अवस्थामा फेला परेका छन । धरान ४ स्थित दानाबारीका मनिराज राईको मृत अवस्थामा शव फेला परेको हो । धरान १४ विजयपुरमा दिदिको घरमा बसोबास गर्दै आएका १६ वर्षी मनिराज राई आज विहान मृत अवस्थामा फेला परेका हुन ।

बिहान मर्निङ वाल्क गर्न जानेहरुले उनलाई पुल मुनी मृत अवस्थामा भेटेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर हेमराज ओलीले जनाए अनुसार उनी विगत ६ वर्षदेखी दिदिको घरमा बसोवास गर्दै आएको खुलेको छ । उनले भने के कारण मृत्यु भएको हो भनेर छानविन भइरहेको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.