रुकुम घटनामा संलग्न १८ जनालाई अदालतले १० दिन म्याद थप्यो

जेठ २२, २०७७ – रुकुम घटनाको आरोपितहरुलाई जिल्ला अदालनबाट आज १० दिनको म्याद थप गरिएको छ । घटनाको अनुसन्धान नसकिएको भन्दै प्रहरीले ११ दिनको म्याद थपका लागि माग गरेर अदालत पठाएको थियो ।

प्रहरीले ११ दिनको म्याद थपको माग गरेकोमा १० दिन थुनाममा राखेर अनुसन्धान गर्न भन्दै म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताएका छन । उक्त घटनामा संलग्न भएका १८ जनालाई प्रहरिले पक्राउ गरेको छ ।

चौरजहारी नगरपालिका ८, का वडाअध्यक्ष डम्मरबहादुर मल्लm बीरबहादुर मल्ल, प्रकाशी मल्ल सहित १८ जना हिरासतमा रहेका छन । प्रहरिले वडाअध्यक्ष मल्ल सहित १२ जनालाई पहिले पक्राउ गरेको थियो । बाँकी ६ जनालाई पछि पक्राउ गरेको हो । उता पीडितका परिवारले भने २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन । जाहेरी परेकामध्ये २ जना अझै फरार छन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.