आज थप १५६ जना काेराेना संक्रमित पुष्टि, कुल संक्रमित संख्या १०४२ पुग्याे

जेष्ठ १५, २०७७ – नेपालमा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । याेसँग नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ जना पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङ मार्फत जानकारि दिएका हुन ।

काठमाडाैंको राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २९ जना, महोतरीका १७ जना, राैतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना र सोलुखुम्बुका १ जना गरी ७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, धरान स्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको प्रयोगशालमा सप्तरीका २ जना, विराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा झापाका २५ जना, भरतपुर अस्पतालको प्रयोगशालामा नवलपुरका १ जनामा समेत संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएको छ ।

यस्तै, हेटाैंडाको किटजन्य प्रयोगशालामा मकवानपुर हेटाैंडाका १ जना, भेरी अस्पतालको प्रयोगशालामा बर्दियाका ३ जना र नेपालगंज बाँकेका १ जना गरी ४ जना, सुर्खेतको प्रादेशिक प्रयोगशालामा बझाङका १ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, १ जना बोल्न नसक्ने महिला गरी २३ जना, सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका १ जना, कैलालीका २ जना गरी ३ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा राैतहटका १७ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमित १ हजार ४२ मा पुरूषको संख्या ९ सय ५० पुरूष र महिलाको संख्या १ सय २ रहेको जसमा १ सय ४४ जना पुरूष र ४३ जना महिला गरी १ सय ८७ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले बताएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *